आइतबार २१ जेठ २०८०

काठमाडौ / अब तत्कालका लागि नेपालमा को’भिडको भेरोसेल खोप लगाउन नपाइने भएको छ । सो खोपको मौज्दात नभएका कारण भेरोसेल खोप लगाउन नपाइने भएको हो । सरकारले अब को’भिड–१९ विरु’द्धको पहिलो डोज खोप लगाउनेलाई भे’रोसेल बाहेक अन्य खोप लगाइदिने भएको छ ।

स्वास्थ्य सेवा विभागले भेरोसेल खोपको मौज्दात देशैभर न्यू’न रहेको भन्दै पहिलो डोज खोप लिनेलाई एस्ट्राजेनेका, को’भिसिल्ड खोप मात्रै लगाउन प्रदेश सरकार र ७७ वटै जिल्लाका स्वास्थ्य कार्यालयलाइ निर्दे’शन दिएको छ ।

विभागको परिवार कल्याण महाशाखाले प्रदेश स्वास्थ्य निर्देशनालय र आपूर्ति केन्द्रहरूमा परिपत्र गर्दै भनेको छ, “स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मिति २०७८,०९,२८ को मन्त्रिस्तरीय निर्णयानुसार को’भिड–१९ विरुद्धको बुस्टर मात्रा खोप (अग्रपंक्तिमा खटिने, सार्वजनिक सेवामा खटिने, रो’ग प्रतिरो’धात्मक क्ष’मता कम भएका र ६० वर्षमाथिका नागरिकहरूलाई मात्र) दिने निर्णय भएबमोजिम खोप दिन सुरु भइसकेको वर्तमान परिप्रेक्ष्यमा स्वास्थ्य सेवा विभागको मिति २०७८, १०, ५ को बैठकको निर्णयानुसार हाललाई भे’रोसेल खोपको मौज्दात देशैभर न्यून रहेको हुँदा पहिलो मात्रा खोप लगाउन आउने सबै नागरिकहरूलाई कोभिसिल्ड÷एस्ट्राजेनिका खोप नै लगाउने व्यवस्था मिलाउनुहुन निर्णयानुसार अनु’रोध छ ।”

विभागको खोप वितरण शाखाका प्रमुख बडेबाबु थापाका अनुसार अहिले टेकु भन्डारण केन्द्रमा तीन लाख डोज भेरोसेल खोप मात्रै मौज्दात छ । चीनबाट खरिद गरिएको थप खोप आउने मिति टुं’गो लागेको छैन । पहिलो डोज भेरोसेल लगाएकाहरु पनि अब खोप नहुँदा सम’स्यामा पर्ने भएका छन् ।

यो पनि, प्रधानमन्त्री शेरबहादुर देउवाले त्रिभुवन विश्वविद्यालयका जारी परीक्षाहरूमा स्वास्थ्य सुरक्षा माप’दण्ड पालना भएनभएको अनु’गमन गर्न निर्दे’शन दिएका छन् । प्रधानमन्त्री देउवाले मुख्यसचिव शंकरदास बैरागीमार्फत सबै जिल्ला प्रशासन कार्यालयलाई परीक्षामा को’भिड–१९ प्रोटोकल पालना भए’नभएको अनु’गमन गर्न नि’र्देशन दिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

“प्रधानमन्त्रीले परीक्षा हलमा सामाजिक दूरी कायम नगरेको र स्यानिटाइजर यथे’ष्ट मात्रामा नभएको पाइएमा केही हप्ता परीक्षा स्थगित समेत गर्ने गरी प्रक्रिया अघि बढाउन पनि मुख्यसचिवलाई नि’र्देशन गर्नुभएको छ,” प्रधानमन्त्रीको सचिवालयले भनेको छ, “परीक्षा हलको अवस्था अनुगमन गरेर थप निर्णय सीसीएमसी निर्देशक समितिबाट गर्ने भन्ने कुरा भएको छ ।” ई’पब्लिक न्यू’ज बा’ट ।

४२९ पटक हेरिएको

तपाईको प्रतिक्रिया