
काठमाडौ / पिसिआर परीक्षण शुल्क महंगो भयो भन्ने गु’नासो आएकै बेला सरकारले पिसिआर परी’क्षणको शुल्क घटाएको छ । विहिवार यसवारे सार्वजनिक गरिएको हो ।
यसअघि सरकारी अस्पतालमा एक हजार रुपैयाँ शुल्क लिने गरिएको थियो । निजी अस्पतालहरुमा दुई हजार लिने गरिएको थियो । पछिल्लो समय संक्र’मण बढ्दै गएको बेला पिसिआर गराउनेहरुको पनि भि’ड बढेको छ ।
अबदेखि ८ सय मात्र शुल्क लिइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । त्यस्तै निजी प्रयोगशालाहरूले दुई हजार लिँदै आएकोमा अबदेखि एक हजार ५०० तो’किएको हो ।
सरकारले कन्ट्याक्ट ट्रेसिङमा परेका र को’भिडको लक्षण देखिएकाहरूको भने निःशुल्क परीक्षण गर्दै आएको छ । मन्त्रालयका सहप्रवक्ता डा. समीर कुमार अधिकारीले यसअघि लिइने शुल्क घटाएको बताए । विश्वबजारमा पिसिआर परी’क्षण गराउने कि’टको लागत कम भएसँगै परी’क्षण शुल्क घटाइएको उनको भनाइ छ ।
अहिले निजी अस्पतालहरुमा पीसीआर परि’क्षण शुल्क २ हजार निर्धारण गरिएको थियो । केही अस्पतालमा त्यो भन्दा बढी पनि लिने गरेका थिए । ठूलो संख्यामा पीसीआर प’रिक्षण गर्ने बढेको र त्यो शुल्क म’हंगो भएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नयाँ शुल्क निर्धाण गरेको हो । मन्त्रालयका सचिव रोशन पोखरेलले नयाँ शुल्क निर्धारण गरेको बताए । त्यसका लागि मन्त्रालयले समिति पनि बनाएको थियो ।
मंगलबार बसेको संसदको शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा सचिव पोखरेलले यसवारे जानकारी गराएका थिए । समितिले गरेको सिफारिसका आधारमा सरकारले नयाँ शुल्क निर्धारण गरेको हो ।
सांसदहरुले ८०० रुपैयाँमै पीसीआर टे’ष्ट गर्न सकिने विषय आएको भन्दै दुई हजार किन ? भनी प्रश्न गरेका थिए । साथसाथै सांसदहरुले शुक्रराज ट्रपिकल तथा स’रुवा रो’ग अस्पताल, टेकुमै पीसीआर टे’ष्टको शुल्क लिने गरिएको भनी सरकारको ध्याना’कर्षण गरेका थिए । ई’पब्लिक न्युज बा’ट ।