
एजेन्सी/ बुरुन्डीले भीडभाडयुक्त जे’लहरूलाई खाली गरी जे’ललाई व्यवस्थित गर्ने योजना अघि सार्दै जेलमा रहेका हरेक पाँचमध्ये दुई कै’दीलाई जे’लमुक्त गर्ने निर्णय सोमबार गरेको छ ।
कैदीह’रूको सजाय माफीका लागि राष्ट्रपतिले दिएको निर्देशन बमोजिम कम्तीमा पाँच हजार २२५ कैदीलाई जे’लमुक्त गर्न लागिएको एएफपीलाई प्राप्त राष्ट्रपतिको निर्देशन पत्रमा उल्लेख छ ।
अन्तर्राष्ट्रिय गैर–सरकारी संस्था ‘क्रिश्चियन्स फर एबोलिसन फर टर्चर’को बुरुन्डियाली शाखाको अनुमान अनुसार बुरूण्डीमा १३ हजार २०० कै’दीहरू रहेका छन् र राष्ट्रपतिको आममा’फीको निर्देशनबाट यसको ४० प्रतिशत कैदी प्रत्रिया पुर्याएर जे’लमुक्त हुनेछन् ।
पूर्वी अफ्रिकी यस मुलुकमा जेलह’रुको क्षमता चारहजार १०० कैँदी राख्न मिल्ने रहेको छ । प्रस्तावित निर्देशनमा राष्ट्रपति इभारिस्त एनडेसिमियाले भन्नुभएको छ, “सरकारले कै’दलाई भीडभाडमुक्त गराउनका लागि ल्याएको प्रस्तावप्रति राष्ट्रपतिका रूपमा आफू सहमत बनेको र यस्ता किसिमका विशेष उपायले जेलमा अत्यधिक भीड हुने अवस्थालाई हल गर्नेछ ।”
राष्ट्रपतिको निर्देशनमार्फत् कैद मिनाहा गर्न लागिएका कैदीह’रूमा सश’स्त्र समूहमा सहभागी भई जे’ल परेका र देशको सुरक्षामा ख’तरा नरहेका कै’दीबन्दी, जसले पाँच वर्षभन्दा बढी कै’द बिताइसकेका छन्, समेत रहेका छन् ।
आममा’फीमार्फत कैद मिनाहाको निर्णय बुरूण्डीका जेलहरूको भीडलाई नियन्त्रण गर्न उपयुक्त निर्णय भएको भन्दै बुरूण्डीका निर्वासन जीवन बिताइरहेका नागरिक समाजका एक अगुवा नेताले कदमको स्वागत गर्नुभएको छ ।
गत वर्ष पियरे एनकुरिन्जजाको उत्तराधिकारीका रूपमा आएका राष्ट्रपतिको निर्णयलाई त्यहाँको प्रतिपक्षी दलले पनि स्वागत गरेको सरकारी दावी छ ।