
काठमाडौँ, ४ माघ / नेपालमा पेट्रोलियम पदार्थको मूल्य अचाक्ली बढेको भनेर गु’नासो आइरहँदा भारतको तुलनामा नेपालमा इन्धनको मूल्य सस्तो रहेको छ ।
भारतीय सीमा बजार रक्सौलको तुलनामा नेपालको वीरगन्ज क्षेत्रमा पेट्रोल प्रतिलिर ३८ रुपैयाँ ३ पैसा, डिजेल ३१ रुपैयाँ १२ पैसा र एलपी ग्यास प्रतिसिलिण्डर ५० रुपैयाँ ६५ पैसा तथा हवाई इन्धन (आन्तरिकतर्फ) भारतको कोलकताभन्दा नेपालतर्फ प्रतिलिर ३२ रुपैयाँ ९६ पैसा सस्तो रहेको निगमका सहप्रवक्ता पुस्कर कार्कीले जानकारी दिए ।
यो पनि : ६ महिना भित्रमा निगमलाई १९ अर्ब घा’टा
नेपाल आयल निगमले चालू आर्थिक वर्षको ६ महिनाको अवधिमा रु १९ अर्ब २६ करोड घा’टा व्यहो’रेको छ । जनवरी १५ मा आइओसीबाट प्राप्त नयाँ मूल्यसूची अनुसार निग’मले मूल्य समा’योजन नग’र्ने हो भने मासिक घा’टा रु ५ अर्ब पुग्ने उनले बताए । बढेको खरिद मूल्यअनुसार निगमलाई पाक्षिक रुपमा रु दुई अर्ब २४ करोड नो’क्सानी रहेको छ ।
माघ १७ गतेसम्म रु २१ अर्ब ५० करोड घा’टा व्य’होर्नुपर्ने निगमको प्रक्षे’पण छ । मूल्य समायोजन गरिएता पनि महिनाका करिब ४ अर्ब मासिक घा’टा रहेको हुँदा आगामी तीन महिनासम्मका लागि देशभर पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्था सहज बनाइराख्न हालको खरिद मूल्यअुनसार न्यूनतम करिब रु १२ अर्ब आवश्यक पर्ने निगमको भनाइ छ ।