सोमबार ०२ जेठ २०७९

काठमाडौं, ४ माघ / आगामी वर्ष २०७९ को चाडपर्व सहितको पात्रो तयार भएको छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले विभिन्न १४ वटा पात्रोलाई तिथिमिति सहितको विवरण उपलब्ध गराएर माघ १५ गते बजारमा ल्याउन अनु’मति दिएको हो ।

२०७९ सालको दशैंको टीका असोज १९ गते परेको छ । यसैगरी, भदौ २६ गतेबाट असोज ९ गतेसम्म सोह्र श्राद्ध, असोज १० गते घटस्थापना, १६ गते फूलपाती, १७ गते महाष्टमी, १८ गते महानवमी र असोज १९ गते विजयादशमी परेको छ ।

समितिले तयार पारेको पात्रो अनुसार कात्तिक १० गते भाइटीका परेको छ । कात्तिक ६ गते कागतिहार, ७ गते कुकुरतिहार र लक्ष्मीपूजा परेको छ । कात्तिक ८ गते गाईपूजा छ । कात्तिक ९ गते गोबर्द्धन, म्ह पूजा परेको छ ।

समितिका अनुसार २०७८ सालमा विवाह गर्नका लागि ५६ वटा लगन जुरेको छन् । त्यस्तै, आगामी वर्ष व्रतबन्धको लगन पनि धेरै रहेका छन् ।

समितिले बजारमा प्रकाशित भएका न’क्कली पात्रोहरुले भ्र’म छर्ने काम गरेको भन्दै त्यसमा लेखिएका तिथि र पर्वलाई आधिकारिक नमा’न्न समेत आ’ग्रह गरेको छ । रिपो’र्टर्स नेपाल बा’ट ।

३२५ पटक हेरिएको

तपाईको प्रतिक्रिया