मंगलबार ०३ जेठ २०७९

काठमाडौं, २ माघ / प्रेमबहादुर आलेलाई कतिपयले ‘भाइरल मन्त्री’ का रुपमा चिन्दछन् । यसको कारण उनी नाम होस् या बद’नाम तर गुमनाम भने रहँ’दैनन् । सधै चर्चामा आइरहनछन् ।

यतिबेला मन्त्री प्रेमबहादुर आले चर्चामा छन् । उनी मन्त्री हुँदा यसअघि पनि चर्चामा थिए । पहिलोपटक मन्त्री बन्दा भन्दा अहिले मन्त्री बन्दा बढी चर्चामा छन् ।

आले पहिलोपटक वनमन्त्री हुँदा बोटविरुवाले कार्बनडाइअक्साइड फा’ल्छ भनी चर्चामा आएका थिए । उनको त्यो अभिव्यक्तिका कारण धेरैले उप’हास गरे । सामाजिक सञ्जालमा भाइरल भयो ।

पहिलोपटक उनी नेकपा एमालेका सांसद रहँदा मन्त्री बनाइएका थिए । त्यतिबेला केपी शर्मा ओली प्रधानमन्त्री थिए । पछि एमाले फु’ट्दा माधवकुमार नेपालको प’क्षमा लागे । नेकपा एकीकृत समाजवादी पार्टीका नेता बने ।

आले माधव नेपालको पक्षमा लाग्दा धेरैले आश्चर्य माने । उनी ओलीका विश्वासपात्र मानिन्थे । तर, रा’तारात गुट परिवर्तन गरी मन्त्री पद सुरक्षित गरे । विगतमा नेपाली काँग्रेसमा रहेका उनी २०५१ मा नेकपा एमालेमा प्रवेश गरेका थिए । उनलाई धेरैले अ’स्थिर स्वभावको नेता मान्दछन् ।

आले अहिले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री छन् । मन्त्री भएपछि उनले सम्पदामा भएका अतिक्र’मणविरुद्ध कदम चाल्न थाले । नारायणहिटीमा बतास समूहले लिएको ठेक्काको पर्दा’फास गरे । नारायणहिटीमा ठेक्का स’म्झौता मात्र वि’वादमा प’रेन स’म्झौता विप’रितका ठाउँ समेत लिइएको खुल्यो । यसमा उच्च राजनीतिक नेतृत्व समेत विवा’दमा ता’नियो ।

आले बतास समूहले लिजमा लिएको पशुपति धर्मशालामा समेत नी’रिक्षण गर्न पुगे । त्यहाँ अनु’मति नलिई सञ्चालित क्षेत्रबारे चा’सो लिए ।

क्या’सिनोको क’र तिनुपर्ने नतिरे’काहरुलाई कारबाही अगाडि बढाए । मध्यराति विमान चढ्न लागेका अमेरिकी नागरिक माइक समाति’एका हुन् । उनले भैरहवाको टा’इगर प्यालेस रिसोर्टमा दुई वटा क्यासिनो सञ्चालन गरेका छन् ।

डोटीबाट निर्वाचित सांसद समेत रहेका प्रेमबहादुर आलेले अक्सिजन सिलिन्डरमा आफ्नै तस्बिर राखेको विषयले पनि विवा’दमा आएका थिए । आलेले आफ्नो नाम टाँसेर सिलिन्डर वितरण गरेका थिए ।

एमाले फु’ट्दा आलेको भूमिका चर्चामा आयो । उनले शेरबहादुर देउवा र माधवकुमार नेपाललाई गो’प्य रुपमा भेटेर केही सांसदको समेत व्यवस्थापन गरेका थिए । यसबारे खुलासा भएपछि उनी वि’रामी भएको भन्दै त्रीपुरेश्वरस्थित अ’स्पताल पुगेर नभे’टेको दा’बी गरिरहे । तर, केही दिनमै उनी माधव नेपाल प’क्षमा लागेको खुल्यो । ओलीलाई छा’डेर सबैलाई छ’क्क पारे ।

५१ वर्षीय आले सुरुमा डोटीका वडा सदस्य थिए । २०७० सालको संविधानसभामा परा’जित भएका उनी २०७४ सालमा भने विजयी भएका हुन् । राजनीतिमा लागेर मन्त्री समेत बन्न सफल आले पहिले काठ व्यवसायी भएको समेत चर्चा चलिरहेको छ । कहिले वि’वादित बोली र काम त्यस्तै कहिले राम्रा कामका कारण उनी सधैँ चर्चामा आइरहने मन्त्री हुन् । रिपो’र्टर्स नेपाल बा’ट ।

९१ पटक हेरिएको

तपाईको प्रतिक्रिया