बिहिबार ०६ माघ २०७८

अंकारा / टर्कीमा एउटा गाई फार्मका मालिकले गाईको टाउकोमा हेडसेट राख्दा तुलनात्मक रुपमा बढी दुध दिएको बताएका छन् । भर्चुअल रियालिटी हेडसेट राख्दा गाई घाम लागेको बाहिरी मैदानमा रहेको भ्र’ममा परेको मालिकले बताएका छन् ।

मानिसमा प्रयोग हुँदै आएको भीआर सेटलाई सफ्टवेयरको रुपमा विकसित गरेर गाईको टाउकोमा फिट गर्न मिलाइएको छ । फिट गरिसकेपछि विज्ञहरुले रंगिन प्यालेटलाई सफ्टवेयरमा परिणत गरेका थिए, ताकी भीआर हेडसेट गाईको आँखामा उपर्युक्त होस ।

हेडसेट राखेपछि गाईले दैनिक २२ लिटरबाट २७ लिटर दुध दिन थालेको अक्सारेका फार्म मालिक इजेट कोसाकले दा’बी गरेका छन् । कोसाकका अनुसार वातावरणीय अवस्थाले गाईको स्वास्थ्य र दुध उत्पादनमा प्र’भाव पार्छ ।

भीआर ग्लासमार्फमत कोसाकले गाईलाई ठूलो घाँसे मैदान वरपर हिँडडुल गराउनुको अतिरिक्त रमाइला संगीत सुनाइदिएका थिए । रसियाको एउटा कम्पनीले भीआर हेडसेटले विकास गरेको हो ।

पशु चि’कित्सकहरुको सहकार्यमा गाईको सु’रक्षा सुनिश्चितता गर्न भीआर हेडसेट्स पहिलो पटक मस्कोमा परी’क्षण गरिएको थियो । उक्त परी’क्षण सफल भएर गाईको दूध उत्पादन बढेको उनीहरूले दा’वी गरेका छन् ।

३७ पटक हेरिएको

तपाईको प्रतिक्रिया