आइतबार ०७ कार्तिक २०७८

काठमाडौं/ सर्वोच्च अदालतको फैसलासँगै विकसित राजनीतिक अवस्थाले अहिले तरंग उत्पन्न गराएको छ । सबैभन्दा धेरै अप्ठेरो प्रचण्ड छोडेका माओवादी केन्द्रका नेता तथा ओली छोडेका नेकपा एमालेका नेतालाई परेको छ ।

सर्वोच्चको फैसला पछि एमालेका नेता रहेका पूर्व प्रधानमन्त्री माधव कुमार नेपाल समुहले एमालेमै रहेर ओलीको प्रवृत्ती विरुद्ध संघर्ष गर्ने निर्णय गरेको छ । यता नेकपा माओवादी केन्द्रमा परिणत भएका गृहमन्त्री रामबहादुर थापा बादलसहितका नेताहरू पुनःस्थापित नेकपा एमालेमा सामेल हुने भएका छन् । उनीहरुले प्रचण्डको साथ छोड्ने निर्णय गरेका छन् ।

अदालतको फैसला आएपछि प्रधानमन्त्री तथा एमाले अध्यक्ष ओलीले बादल, टोपबहादुर रायमाझी, लेखराज भट्ट, मणि थापा, गौरीशंकर चौधरी, दावा तामाङलगायतका मन्त्री र नेताहरूसँग आइतबार साँझ बालुवाटारमा छलफल गरेका थिए । प्रधानमन्त्री ओली संगको छलफलमा उनीहरुले साथ नछोड्ने निर्णय सुनाएका हुन् ।

आफुहरु पदका लागि ओली समुहमा लागेको नभई कम्युनिष्ट सिद्धान्त र निष्ठाका लागि लागेको भन्दै यस्तो निर्णय सुनाएका हुन् । प्रधानमन्त्री ओलीले चाहे तत्काल मन्त्री पद छोड्न तयार रहेपछि ओलीको साथ भने नछोड्ने बताएका छन् ।

अर्थमन्त्री विष्णु पौडेल, मुख्य सल्लाहकार विष्णु रिमाललगायतका नेताहरूसमेत छलफलमा सहभागी थिए । प्रधानमन्त्रीले अदालतको फैसला यस्तो आएको भन्दै ‘अब तपाईंहरु के भन्नुहुन्छ ? म तपाईंहरूलाई जे अनुकूल हुन्छ त्यही वातावरण बनाइदिन्छु’ भनेका थिए ।

स्रोतले भन्यो, ‘उहाँहरूसँग प्रधानमन्त्रीले खुलस्त कुरा राख्नुभयो । तर, सबैजनाले प्रधानमन्त्रीको साथ नछोड्ने भन्नुभयो । नेकपा माओवादी केन्द्रबाट साबिक नेकपामा केन्द्रीय सदस्य रहेका एक दर्जनभन्दा बढी नेताहरू केपी ओली पक्षमा छन् ।

र यो पनि,

पेरिसडाँडामा यसरी गरे प्रचण्ड र माधव नेपाल छुट्टीने निर्णय, भयो विदाई बैठक

प्रचण्ड–नेपाल स्थायी समितिको बैठकले पूर्वएमाले र पूर्वमाओवादी केन्द्र अलग अलग भएर जाने निर्णय गरेको छ।

सोमवार पेरिसडाँडामा बसेको बैठकले सो निर्णय गरेको नेता झलनाथ खनालले जानकारी दिए। सर्वोच्च अदालतले तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच भएको एकीकरण खारेज गरिदिएपछि स्थायी कमिटीको बैठकले यस्तो निर्णय गरेको हो ।

पेरिसडाँडामा आइतवार भएको बैठकले माधव नेपाल र झलनाथ खनाल लगायतका एमाले नेताहरुसंग विदाई बैठक गरेका छन् । यसअघि नेपाल समूहका स्थायी कमिटी सदस्यहरूले बानेश्वरको होटल अर्यालमा छलफल गरेका थिए।

नेपाल समुहले एमालेमै रहेर पनि ओलीसँग लड्ने निर्णय गरेको थियो । केपी शर्मा ओली नेतृत्वको तत्कालीन नेकपा (एमाले)का १२० प्रतिनिधि सभा सदस्यमध्ये अहिले नेपाल समूहसँग ४० जना सांसद छन् भने थप दुई जना पनि आफूहरूतिर आउने उनीहरूको दाबी छ। त्यस्तै नेकपा एमालेको साबिकको केन्द्रीय समितिमा पनि नेपाल समूह झन्डै बराबरीको हैसियतमा छ।

४१५ पटक हेरिएको

तपाईको प्रतिक्रिया