
काठमाडौ/ प्रचण्ड–नेपाल स्थायी समितिको बैठकले पूर्वएमाले र पूर्वमाओवादी केन्द्र अलग अलग भएर जाने निर्णय गरेको छ।
सोमवार पेरिसडाँडामा बसेको बैठकले सो निर्णय गरेको नेता झलनाथ खनालले जानकारी दिए। सर्वोच्च अदालतले तत्कालीन नेकपा एमाले
र माओवादी केन्द्रबीच भएको एकीकरण खारेज गरिदिएपछि स्थायी कमिटीको बैठकले यस्तो निर्णय गरेको हो ।
औपचारिक निर्णय आउन भने बाँकी नै छ । बैठकको बीचमै निस्किएका खनालले सर्वोच्चको निर्णय भने मानेर जाने बताए ।
पेरिसडाँडामा सोमबार भएको बैठकले माधव नेपाल र झलनाथ खनाल लगायतका एमाले नेताहरुसंग विदाई बैठक गरेका छन् । यसअघि नेपाल समूहका स्थायी कमिटी सदस्यहरूले बानेश्वरको होटल अर्यालमा छलफल गरेका थिए।
नेपाल समुहले एमालेमै रहेर पनि ओलीसँग ल ड्ने निर्णय गरेको थियो । केपी शर्मा ओली नेतृत्वको तत्कालीन नेकपा (एमाले)का १२० प्रतिनिधि सभा सदस्यमध्ये अहिले नेपाल समूहसँग ४० जना सांसद छन् भने थप दुई जना पनि आफूहरूतिर आउने उनीहरूको दाबी छ।
त्यस्तै नेकपा एमालेको साबिकको केन्द्रीय समितिमा पनि नेपाल समूह झन्डै बराबरीको हैसियतमा छ।