शुक्रबार १९ जेठ २०८०

कर्णाली / सङ्घीय सरकारले राउटे जा’तिका लागि आधारभूत पूर्वाधार निर्माणका लागि चालु आर्थिक वर्षमा रु दुई करोड बजेट विनियोजन गरेको छ । फि’रन्ते जीवनशैली अपनाउने राउटे समुदाय स्थायी बसोबासमा तयार छै’नन् ।

आवास निर्माणसम्बन्धी योजना कार्यान्वयनमा ल्याउन शुक्रबार सहरी विकासमन्त्री रामकुमारी झाँक्रीसहितको टोली राउटे बस्ती पुग्यो । राउटे अगुवासमक्ष मन्त्री झाँक्रीले स्थाना’न्तरण गर्न सकिने भवन बनाउन सरकार तयार रहेको बताउँदै भनिन्, “तपाईँहरुले चाहेकै जस्तो भवन हामी (सरकार) बनाइदिन्छौँ, जहाँ बसाइँ सर्नुहुन्छ, त्यही भवन बनाउँछौँ ।”

मन्त्रीको उक्त प्रस्तावमा राउटे अगुवा सिती’मिति सहमत भ’एनन् । राउटेलाई फका’उन सुर्खेतको सिम्ता गाउँपालिका–४ कालीखोला पुगेको सरकारी टोलीले एउटा जु’क्ति निकाल्यो, ‘मितेरी साइनो गाँस्ने’ ।

अन्ततः मन्त्री झाँक्रीले सम्झना शाही र गाजलु शाहीसँग तथा भवन विभागका महानि’र्देशक पदमकुमार मैनालीले प्रकाश शाहीसँग मित लगाए । टोपी, कपडा र सरसामान आपसमा साटासाट गरी मित लगाइएको घो’षणा गरियो । मन्त्रीसहितले आफ्ना सदस्यसँग मितेरी साइनो गाँसेपछि समुदायमा केहीबेर खुशीयाली छायो ।

करिब तीन घण्टा मितेरी साइनोसँगै भलाकुसारीपछि राउटे अगुवा फिरन्ते शैलीका संरचनामा बस्न तयार भए । तीनवटै समुदायका मुखिया, पूर्वमुखिया सहितको छलफलमा मन्त्री झाँक्रीले स्थानान्तरण गर्न सकिने (ट्रस) प्रकृतिका भवन निर्माणको प्र’स्ताव राखिन्, भने राउटे अगुवाहरूले अस्थायी भवनमा बस्न तयार हुने बचन दिए ।

राउटे अगुवाकै अनुरोधमा सहरी विकास मन्त्रालयले अस्थायी आवासको प्राविधिक डिजाइन तयार गर्नेछ । सङ्घीय आयोजना कार्यान्वयन एकाइ सुर्खेतका प्रमुख अमरबहादुर थापाले चालु आर्थिक वर्षमा विनियोजित बजेटअनुसार भवन विभागले डिजाइनको खाका तयार गर्ने र राउटे अगुवासँग छलफलपछि अ’न्तिम रूप दिइने बताए ।

“हामीले एउटा फोल्डिङ गर्न सकिने ट्रस भवनको नमूना राउटे बस्तीमै लिएर देखाउँछौँ”, उनले भने, “त्यसपछि राउटेको सुझावअनुसार अन्तिम डिजाइन बन्छ, जहाँ राउटे सर्दैछन्, त्यहीँ अ’स्थायी भवन बनाइदिन्छौँ, ताकि अर्को ठाउँ सर्दा फोल्डिङ गरेर लैजान सकून् ।”

मन्त्री झाँक्रीले राउटे समुदायमा आवास, शिक्षा र स्वास्थ्योपचारको प्रस्ताव राखेको आयोजना प्रमुख थापाले बताए । छलफलमा शिक्षा र स्वास्थ्यका सवा’ललाई राउटे अगुवाहरुले खासै महत्व नदि’एको उनको भनाइ छ ।

यसैबीच राउटे समुदायलाई मन्त्री झाँक्रीले व्यक्तिगत खर्चमा ७० थान ब्ल्याङ्केट र एक थान त्रिपाल प्रदान गरिन् । मन्त्रीसमक्ष राउटेले तीन महिनाको सामाजिक सु’रक्षा भत्ता नपा’एको गु’नासो गर्दै माघी पर्वअगावै भत्ता पठाइदिन आ’ग्रह गरेका थिए । रासस

९५२ पटक हेरिएको

तपाईको प्रतिक्रिया