बुधबार ०५ माघ २०७८

पाथीभरा ताप्लेजुङ जिल्लामा रहेको एक प्रसिद्ध तीर्थस्थल हो । पाथीभरा मन्दिर हिन्दू एवं बौद्धहरूको महत्वपूर्ण धार्मिक स्थल हो । यो ताप्लेजुङ जिल्लाको १२ हजार फिट उचाइमा रहेको छ ।

विश्‍वास आस्था एवं पवित्रताकी देवी पाथीभराको यो पवित्र स्थल ताप्लेजुङ जिल्लाको सदरमुकाम फुङ्गलिङबाट १९.४ कि.मी. पूर्वोत्तरतर्फ ३७९४ मी.को उचाईमा अवस्थित छ । यहाँ फुङ्लिङ बजारबाट १ दिन पैदल हिँडेर पुगिन्छ ।

यो मन्दिरमा वर्षभरि भक्तजनहरुको घुइँचो लाग्‍ने गर्दछ । अन्न भरेको पाथीझैं सुन्दर, मनमोहक आकृति बोकेको पाथीभरा पहाडको शिखरमा (टुप्पोमा) देवीको उत्पतिस्थल रहेकोले यी देवीको नाम “पाथीभरा देवी” भनि श्रद्धा एवं भक्तिपूर्वक पुका’रिन्छ । ताप्लेजुङ्गका रैथाने लिम्बू समुदायहरू पाथीभरालाई “मुक्‍तुवुङ” भनेर चिन्दछन ।

लिम्बूभाषामा “मुक्‍तु”को अर्थ शक्ति वा ब’ल, “वुङ”को अर्थ बोट भन्ने जनाउँदछ । अर्थात लिम्बूजातिहरू पाथीभरालाई श’क्ति वा ब’लको श्रोत वा बाटोको रूपमा प्रकट गर्ने गर्दछन ।

उत्पतिसम्बन्धि किम्बदन्ती तथा जनश्रुति – पाथीभरा देवीको उत्पतिसम्बन्धि थुप्रै किम्बदन्ती तथा जनश्रुतिहरू छन । भनिन्छः- परापूर्वकालमा पाथीभरा आसपासका गोठा’लाहरूले आफ्नो भेडीगोठ पाथीभरामा राखेका थिए । एकदिन अचा’नक अप्र’त्यासित ढंगले देख्दा देख्दै ती गोठका बथानका बथान भेडाहरू अ’लप भए ।

त्यस्तो अक’ल्पनिय घट’नाले स्त’ब्ध तथा हत’प्रव भएका गोठालाहरूलाई रा’तमा देवीले दर्शन दिनु भै आफ्नो उत्पतिस्थल र आकृतिको बोध गराउँदै, भेडा ब’लिसहित पूजा अर्चना गर्ने निर्दे’शन दिनुभयो ।

आत्मवोध प्राप्‍त गोठालाहरूले देवीको आकृति उत्पन्न स्थलमा भक्तिभावपूर्वक पूजा अर्चना गरी सबैभन्दा हृ’ष्‍टपुष्‍ट भेडाको थुम्बा ब’लि दिए । ब’लि के दिनु थियो ती हरा’एका सयकडौं भेडाहरू जस्ताको तस्तै पहिलाकै ठाउँमा देखा परे त्यो भन्दा आश्‍चर्यको कुरा, बलि दिएको भेडाको र’गत ब’लिस्थलमा झर्नासाथ बालुवामा पानी हराए झैं हरा’उन पुग्यो ।

यो देखेर हर्ष एवं आश्‍चर्य मान्दै गोठालाहरूले देवीको जय जयकार गरे । यहाँ स्मरणीय कुरा के छ भने पाथीभरा देवीलाई दैनिक सयकडौंको संख्यामा भेडा, बो’का, पा’ठीको ब’लि चढाईन्छ । तर बलिस्थलमै र’गत हरा’एको, सीमित रहेको जो कोही दर्शनार्थीले प्रत्यक्ष अनुभव तथा अवलोकन गर्न सक्दछन ।

देवीमा चढाईएको ब’लि संख्यालाई दृष्‍टिगत गर्दा यहाँ रग’तको पोखरी जम्नु पर्थ्यो तर त्यसो हुँदैन । यसैकारण पनि र’क्तकाली देवी पाथीभराले भक्तजनहरूले चढाएको ब’लि स्‍नेहपूर्वक ग्रहण गर्छिन् भन्‍ने जनधारणा रहि आएको छ ।

आज पाथीभरा देवीको महिमा, देवीप्रतिको आस्था एवं विश्‍वासले गाँउ, जिल्ला र देशको सीमा ना’घ्दै विदेशसम्म पुगेको छ। जसको परिणामस्वरूप हजारौंको संख्यामा श्रद्धालु भक्तजनहरू देश तथा विदेशबाट देवीदर्शनको निम्ति आउने क्रम जारी छ ।

विश्‍वास आस्था एवं अलौकिक श’क्तिकी देवी – माथिनै उल्लेख गरिएको छ कि पाथीभरा देवी विश्‍वास आस्था एवं पवित्रताकी देवी हुन । त्यसैले पाथीभरा धाममा त्यसरी नै जानुपर्ने हुन्छ । धाममा जानलाई कुनै जात, धर्म वा लि’ङ्गको भेद’भाव छैन र ब’न्देज छैन ।

“मनमा शुद्धता, देवीप्रतिको भक्तिभाव राखे पुग्ने तर पाथीभरा धाममा गर्भ’वति, रज’स्वला (न’छुने वा पर स’रेकी) भएकी महि’ला, ब’रखी बारेको, मनमा लो’भ, पा’प बोकेको मान्छे गएको खण्डमा उनीहरूको सर्व’नाश हुन्छ, ठूलो क्ष’ति हुन्छ” भन्ने जनधारणा रहिआएको छ ।

५८ पटक हेरिएको

तपाईको प्रतिक्रिया