बुधबार ०५ माघ २०७८

एजेन्सी । उडिरहेको विमानमा पाइलट र कर्मचारीबीच भएको कु टा कु टको घटना एयरलाइन्सले ढिलो गरी जानकारी गराएको छ । चीनको दोङहाई एयरलाइन्सका पाइलट र फ्लाइट एटेन्डेन्टबीच यस्तो घटना भएको छ।

पाइलटको दाँत झ’रेको छ भने अर्का कर्मचारीको हा’त भाँ’चिएको बताइएको छ । यो घट’ना फेब्रुअरी २० तारिखमा भएको हो । साउथ चाइना मार्निङ पोस्टले घटनामा पाइलटको दाँ’त झ’रेको र फ्लाइट एटेन्डेन्टको हा’त भाँ’च्चिएको पुष्टि गरेको हो ।

गत फेब्रअरी २० मा भएको यस घट’नाको बारेमा आइतबार एयरलाइन्सले जानकारी दिए पछि सार्वजनिक भएको हो।। विमान ल्यान्ड हुन ५० मिनेट अगाडि पुरुष पाइलट र पुरुष फ्लाइट एटेन्डेन्टबीच वि’वाद सुरु भएको थियो । विवाद बढ्दै जाँदा हात हालाहा’लको अवस्थामा पुगेको हो ।

फ्लाइट नम्बर डीजेट ६२९७ को विमान नानतोङदेखि सियानका लागि उडिरहेको थियो। सोही क्रममा वि’वाद भएको थियो। हाल वि’वादमा भाग लिने दुवैलाई निल’म्बन गरिएको छ। एससीएमपीका अनुसार पाइलट बाथरुममा थिए।

त्यसबेला फर्स्ट क्लास क्याबिन प्यासेन्जरका एक यात्रुले पनि सोही बाथरुम प्रयोग गर्न चाहिरहेका थिए। पाइलटले आफ्नै स्थानमा गएर पालो पर्खन भन्दासमेत यात्रुले अटेर गरेपछि पाइलटले नजिकै रहेका पुरुष फ्लाइट एटेन्डेन्डलाई काम राम्रोसँग नगरेको भनेर झपारेका थिए। सोही क्रममा भनाभन हुँदै जाँदा हा’त हा’ला’हा’ल भएको थियो।

६२४ पटक हेरिएको

तपाईको प्रतिक्रिया