आइतबार २१ जेठ २०८०

काठमाडौं, पुस २२ / सरकारले उखुको मूल्य प्रतिक्विन्टल ५९० रुपियाँ तो’केको छ । बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले उक्त मूल्य निर्धारण गरेको हो । यसमा सरकारले दिने अनुदान प्रतिक्विन्टल ७० रुपियाँसमेत जोडिएको कृषि तथा पशुपन्छी विकासमन्त्री महिन्द्रराय यादवले जानकारी दिए।

यो मूल्यमा चिनी उद्योगीले किसानलाई दिने मूल्य प्रतिक्विन्टल ५२० रुपियाँ हो जसमा उखुको न्यून’तम लागत ३८२ रुपियाँ, ढुवानी खर्च ६२ रुपियाँ तथा मु’नाफा ७६ रुपियाँ हिसाब गरिएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले उखुको मूल्य निर्धारणका लागि किसान तथा चिनी उद्योगीसँग पटकपटक छल’फल गरेको थियो ।

सो छलफलमा उद्योगीले उखुको मूल्य प्रतिक्विन्टल ५८० रुपियाँ र किसानले ६५० रुपियाँ गर्नुपर्ने प्र’स्ताव गरेका थिए । दुवैको प्रस्तावलाई अध्ययन गरी कृषि मन्त्रालयले मूल्य निर्धारण गरी उद्योग मन्त्रालय पठाएको थियो ।

उद्योग मन्त्रालयले मूल्य निर्धारणको प्र’स्ताव मन्त्रिपरिषद्मा पेस गरेपछि त्यहाँ छलफल भई सो मूल्य निर्धारण भएको मन्त्री यादवले बताए । सरकारले गत वर्ष मङ्सिर २८ गते उखुको समर्थन मूल्य प्रतिक्विन्टल ५४४ रुपियाँ ३३ पैसा निर्धारण गरेको थियो । त्यसमा किसान सन्तुष्ट थि’एनन् ।

यसपटक पनि सरकारले गरेको मूल्य निर्धारणमा किसानले असन्तुष्टि जनाएका छन् । उखु उत्पादक सङ्घका अध्यक्ष कपिलमुनि मैनालीले सरकार र उद्योगीको मि’लोमतोमा यो मूल्य निर्धारण भएको गु’नासो गर्दै यसमा किसान सन्तुष्ट नर’हेको बर्ताएको आजको गोरखा’पत्र दै’निकमा ख’व र छ ।

५७३ पटक हेरिएको

तपाईको प्रतिक्रिया