बुधबार ०५ माघ २०७८

मान्म / कालीकोटको सान्नीत्रिवेणी गाउँपालिका–१ को वडा कार्यालयमा ता’लाबन्दी गरिएको छ । मुख्यमन्त्री रोजगार कार्यक्रमअन्तर्गत आर्थिक वर्ष २०७७/७८ को सडक निर्माण गरेका मजदुरले ज्याला नपाएपछि वडा कार्यालयमा ताला’बन्दी गरेका हुन् ।

गत असार मसान्तमा मजदुरले भुक्तानी पाउनुपर्ने भए पनि हालसम्म ज्याला पाएका छैनन् । मुख्यमन्त्री रोजगार कार्यक्रमका लागि १३२ कामदार वडा नं १ बाट छनोट भएका थिए ।

छनौट भएका सबै जनाले प्रति व्यक्ति ५० दिनसम्म काम गरे पनि कामदारले ज्याला नपाएको स्थानीय गोकर्णप्रसाद जैसीले जानकारी दिए।

उनले आफूहरुलाई ५० दिनसम्म काम गर्न भनिएको र सोहीअनुसार काम गर्दा पनि ज्याला हालसम्म नपा’एको बताए । उनले भने, ‘ज्याला नपाउ’ञ्जेल ता’ला खोल्ने प’क्षमा हामी छै’नौं ।’ ता’ला लगाउन वडाका ४८ महिला तथा पुरुष कामदार वडा कार्यालयमै पुगेका थिए ।

४१ पटक हेरिएको

तपाईको प्रतिक्रिया