शुक्रबार १९ जेठ २०८०

एजेन्सी / अमेरिकामा २४ घण्टामा करिब २ हजार उडान र’द्द भएका छन् । संयुक्त राज्य अमेरिकामा को’भिड–१९ को सङ्क्र’मण बढ्दै गएपछि स्थानीय समयानुसार आइतबार बिहानसम्म करिब २ हजार उडानहरू र’द्द गरिएका छन् ।

आज बिहान ८ः३० बजेसम्म अमेरिकाभित्र वा बाहिर जम्मा एक हजार ९५६ उडानहरू र’द्द गरियो । जबकि अमेरिकाभित्र र बाहिर अन्य ८७० उडानहरू ढि’लाइ भएको फ्लाइट अवेयरलाई उद्धृत गर्दै द हिलले जानकारी दिएको छ ।

द हिलका अनुसार, साउथवेस्टले आज २६४ उडान, जेटब्लुले १६९ उडान र डेल्टाले १६१ उडान र’द्द गरेको जनाएको छ ।

अमेरिकन एयरलाइन्सले आज १३६ उडान र युनाइटेडले ९४ उडान र’द्द गरेको मिडिया आउटलेटले जनाएको छ ।

आइतवार र क्रिसमसको पूर्वसन्ध्या लगायत विगत १० दिनहरूमा, एयरलाइन्सहरुले अमेरिकामा १४ हजार भन्दा बढी उडानहरू र’द्द गरेका छन् फ्लाइटअवेयर तथ्याङ्कले जानकारी दिएको छ ।

६५८ पटक हेरिएको

तपाईको प्रतिक्रिया