बुधबार २४ जेठ २०८०

एजेन्सी / विश्वकै सुन्दर अभिनेत्रीमध्येकी एक ऐश्वर्या राय बच्चनको सुन्दरताले जो कसैलाई पनि आकर्षित गर्छ । तर जब ऐश्वर्याको जस्तो देखिने तस्विर र भिडियो इन्टरनेटमा देखा परेका छन् जसले मानिसलाई विश्वास गर्न क’ठिन बनाएको छ । यि नयाँ ऐश्वर्या रायको नाम आमना इमरान हो र उनी पाकिस्तानकी हुन् ।

ऐश्वर्या जस्तै देखिने आमना फेरी भइन् भाइरल

नयाँ वर्षको अवसरमा ऐश्वर्या राईजस्तै देखिने आमना इमरानले आफ्ना भिडियो र तस्बिर पोस्ट गर्दा एकपटक फेरि सोसल मिडिया प्लेटफर्ममा हा’वी भइन् । आमनाको सौन्दर्य र ऐश्वर्या जस्तो देखिने भएकाले उनी इन्टरनेटको दुनियामा निकै चर्चित भइन् । धेरै प्रयोगकर्ताले उनको तस्बिर र भिडियोमा कमेन्ट गर्दै ऐश्वर्या राई भनेका छन् ।

आमनाको नयाँ तस्विरमा कमेन्ट गर्दै एक प्रयोगकर्ताले उनको प्रशंसा गर्दै भने( ऐश्वर्या जस्तै। माशाल्लाह। उनको भिडियोमा अर्का एक प्रयोगकर्ताले कमेन्ट गरे– तिमी ऐश्वर्या राय जस्तो देखिन्छौ ।

यसै क्रममा अर्का एक प्रयोगकर्ताले आमनाको नयाँ वर्षको भिडियोमा कमेन्ट गर्दै उनलाई नयाँ वर्षको शुभकामना दिएका छन् । प्रयोगकर्ताले लेखेका छन्( नयाँ वर्षको शुभकामना ऐश्वर्या राय मैम।

को हुन् ऐश्वर्या रायजस्तै आमना ?

आमना इमरान पाकिस्तानी ब्लगर हुन् । आमना ऐश्वर्या राय जस्तै देखिन्छिन् । ऐश्वर्या रायजस्तो लुकका कारण आमनाका तस्बिर र भिडियोहरूले इन्टरनेटमा हा’वी छिन् । आमनाका इन्स्टाग्राममा २६ हजारभन्दा बढी फलोअर्स छन् । उनका भिडियोहरु पनि निकै रुचाइएका छन् । – ई ता’जा ख’ब र बा’ट ।

७४४ पटक हेरिएको

तपाईको प्रतिक्रिया