आइतबार २१ जेठ २०८०

काठमाडौं, १९ पौष । नेकपा माओवादी केन्द्रको अध्यक्षमा पुष्पकमल दाहाल प्रचण्ड चयन भएका छन् । माओवादीको आठौं महाधिवेशनले चयन गरेको केन्द्रीय कमिटीले प्रचण्डलाई सर्वसम्मत अध्यक्षमा चयन गरेको हो ।

प्रचण्डलाई अध्यक्षमा नारायणकाजी श्रेष्ठ प्रस्तावक र कृष्णबहादुर महरा समर्थक बनेका थिए । उनको विप’क्षमा कोही पनि खडा नभएपछि अध्यक्ष चयन भएको घो’षणा गरिएको छ ।

प्रचण्ड ३५ वर्षयता नेतृत्वमा छन् । उनी विगतमा मसाल हुँदै माओवादीको नेतृत्वमा रहेका छन् । नेकपा छँदा पनि उनी अध्यक्ष नै थिए ।

यो अ’र्को समाचार : माओवादीमा १२ दम्पत्ति केन्द्रीय सदस्य (सूचीसहित)

काठमाडौं, १९ पौष / नेकपा माओवादी केन्द्रमा कतिपयका परिवार नै राजनीतिमा सक्रिय भएको देखिन्छ । माओवादीमा भूमिगत का’लमै कतिपयको विवाह भएको थियो । कतिपय अन्तरजातिय विवाह गरेकाहरु छन् ।

माओवादीको आठौं महाधिवेशनमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केन्द्रीय सदस्य चयन गर्दा १२ जोडी दम्पत्ति परेका छन् । उनीहरुमध्ये अधिकांश यसअघि पनि केन्द्रीय सदस्य थिए ।

माओवादीमा वर्षमान पुन र ओनसरी घर्तीको जोडी चर्चित मानिन्छ । दुवै केन्द्रीय सदस्य चयन भएका छन् । लिलामणि पोखरेल र शशि श्रेष्ठ दुवै ४ दशकभन्दा बढी समययता राजनीतिमा सक्रिय छन् । शशि सरकारमा मन्त्री छिन् । दुवै केन्द्रीय कमिटीमा परेका छन् ।

मन्त्री समेत रहेका देवेन्द्र पौडेल र बलावती शर्मा पनि केन्द्रीय सदस्य बनेका छन् । देव गुरुङ र यशोधा सुवेदी, देवेन्द्र पराजुली र कल्पना धमला पनि केन्द्रीय कमिटीमा परेका छन् ।

माओवादी केन्द्रीय कमिटीमा परेका दम्पत्ति

१. वर्षमान पुन र ओनसरी घर्ती
२. देव गुरुङ र यशोधा सुवेदी
३. लिलामणि पोखरेल र शशि श्रेष्ठ
४. शक्ति बस्नेत र सत्य पहाडी
५. देवेन्द्र पौडेल र बलावती शर्मा
६. कुलप्रसाद केसी र ताराकुमारी घर्ती
७. हितमान शाक्य र अमृता थापा
८. कृष्णध्वज खड्का र रेखा शर्मा
९. गणेशमान पुन र कमला रोका
१०. देवेन्द्र पराजुली र कल्पना धमला
११. सूर्य सुवेदी र ज्ञानु बस्नेत
१२. दिलिप प्रजापती र प्रतिमा श्रेष्ठ

४११ पटक हेरिएको

तपाईको प्रतिक्रिया