बिहिबार ०६ माघ २०७८

काठमाडौं, १६ पौष / राजावादीहरु एक हुने दिशातर्फ बढेका छन् । विगतमा विभाजित र अन्यौ’लमा परेका राजावादीहरु राष्ट्रिय प्रजातन्त्र पार्टीमा नयाँ नेतृत्व स्थापित भएसँगै एक हुने दिशातर्फ बढेका हुन् ।

राप्रपा नै विगतमा तीन भागमा विभाजित थियो । कमल थापा, पशुपति शमशेर जबरा र डा. प्रकाशचन्द्र लोहनी एक भए । राप्रपामा तीन अध्यक्ष रहेर भएको एकतापछि एकता महाधिवेशन भयो । जसमा कमल थापा पराजित भए । पशुपति शमशेर जबरा र प्रकाशचन्द्र लोहनी नेतृत्वबाट ब्याक भए ।

राजेन्द्र लिङ्देन राप्रपा अध्यक्षमा निर्वाचित भएसँगै राजावादीहरु नयाँ ढंगले बढ्न खोजेको देखिदैछ । लिङ्देन राजावादी एक बनाउन सक्रिय भएका छन् ।

उनले आज विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रसँग भेटेका छन् । मिश्र राजसंस्थाको पक्षमा खुल्न थालेका छन् । उनले हिन्दुराष्ट्रप्रति पनि सकारात्मक धारणा सार्वजनिक गरेका छन् ।

मिश्रले राजसंस्था फर्काउने गरी अभिव्यक्ति दिन थालेपछि लिङ्देन उत्साही भएका छन् । उनले मिश्रलाई निवासमै पुगेर एकता प्रस्ताव गरेका छन् । यसलाई अर्थपूर्ण मानिएको छ ।

लिङ्देनले सडकबाट राजसंस्था फर्काउने दा’बी गरिरहेका छन् । यसको अर्थ उनी निकट भविष्यमै राजसंस्थाको पक्षमा सडक आन्दो’लनमा जान खोजिरहेका छन् ।

विश्वस्त स्रोतका अनुसार २७ पौषमा पृथ्वीनारायण शाहको जन्मदिन पारेर लिङ्देनले महत्वपूर्ण घोषणा गर्न लागेका छन् । उनले मिश्रलाई सोही दिनमै एक भएर जाने प्रस्ताव गरेको बुझिएको छ ।

यसैगरी, २७ पौषमै कमल थापाले महत्वपूर्ण घो’षणा गर्ने भएका छन् । उनले राजसंस्था त्यागेर हिन्दुराष्ट्रको मात्र मु’द्दा उठाउने तयारी गरेको बुझिएको छ । राप्रपाको अध्यक्षमा पराजित भएपछि लिङ्देनले राजालाई नबोक्ने भन्दै अभिव्यक्ति दिइरहेका छन् ।

६७ पटक हेरिएको

तपाईको प्रतिक्रिया