आइतबार १२ चैत्र २०७९

काठमाडौ/ सर्वोच्च अदालतले आइतबार गरेको फैसला पुष्पकमल दाहाल प्रचण्डले कार्यान्वयन गरेनन् ।

सर्वोच्चले नेकपा खारेज गर्दै दुवै पक्षलाई आफ्नो आफ्नो पार्टीमा फर्कन आदेश दिएको छ । सर्वोच्चको आदेश अनुसार प्रधानमन्त्री केपी शर्मा ओली एमालेका अध्यक्ष हुन् भने पुष्पकमल दाहाल ‘प्रचण्ड’ माओवादी केन्द्रका अध्यक्ष हुन् ।

तर, सोमबार नारी दिवसका अवसरमा प्रचण्डले शुभकामना दिँदा नेकपाको लेटरहेड प्रयोग गरेका छन् । उनले नेकपाको अध्यक्षकै हैसियतमा महिला दिवसको शुभकामना दिएका हुन् ।

ओली र प्रचण्डले नेतृत्व गरेको नेकपालाई सर्वोच्चले खारेज गरेर पूर्ववत अवस्थामा फर्कन आदेश दिएको छ । प्रचण्डले सर्वोच्चको सो आदेशलाई अप्रत्याशित भनेका छन् । यो फैसलाले राजनीतिक अन्यौलता बढेकै छ । ऋषि कट्टेलले नेतृत्व गरेको नेकपालाई अदालतले आधिकारिता दिएको छ ।

नेकपाको अध्यक्षको हैसियतमा प्रचण्डले शुभकामना दिँदा अर्का अध्यक्ष माधवकुमार नेपाल भने छैनन् । सामान्यतः नेकपाको अध्यक्षको हैसियतमा प्रचण्डसहित माधवकुमार नेपालले पनि संयुक्त हस्ताक्षरमा शुभकामना जारी गर्थे । तर, सोमबार दिएको शुभकामनामा भने प्रचण्डको मात्र हस्ताक्षर छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गर्ने निर्णय गरेपछि आन्दोलनमा रहेका प्रचण्ड नेपालले छुट्टै केन्द्रीय समितिको बैठक बोलाएर ओलीलाई कारवाही गर्दै अध्यक्षमा माधव नेपाललाई चयन गरेको हो । त्यस यता उनीहरुले हरेक कृयाकलाप दुई अध्यक्षका हैसियतले गर्दै आएका छन् ।
हे’र्नुहोस् विज्ञप्ती:-

१२२९ पटक हेरिएको

तपाईको प्रतिक्रिया