आइतबार २१ जेठ २०८०

काठमाडौं / नेकपा माओवादी केन्द्रको आठौँ महाधिवेशनमा केन्द्रीय सदस्य लेखनाथ न्यौपानेले फरक मत प्रस्तुत गरेका छन्। उनले अध्यक्ष प्रचण्डले पेस गरेको राजनीतिक प्रतिवेदनमाथि १० बुँदामा फरक मत राखेका हुन्। उनले महाधिवेशनको अर्थ, मूल्य र गुरुत्व जुन हुन्छ त्योअनुसार विषय र नीतिको कोणबाट प्रतिवेदन, प्रतिवेदनको समग्र तहमा संगठित नभ’एको टि’प्पणी गरेका छन्।

विचार, दृष्टिकोण र दिशामा सातौँ महाधिवेशनको प्रतिवेदनभन्दा पछाडि फर्किएको भन्दै उनले भित्री र बाहिरी सम’स्याहरूको हल दिन नस’क्ने गरी अध्यक्षको प्रतिवेदन आएको बताएका छन्। राजनीतिक प्रतिवेदनले माथिमाथि उडान गरेको, तर जमिनमा खुट्टा नटेकेको उनको बुझाइ छ।

‘यो प्रतिवेदनले वाम बाटो समातेको छैन। दक्षिणपन्थी संशोधनवादी दिशा सोझिएको प्रतिवेदन माओवादी कम्युनिस्ट पार्टीको महाधिवेशनको प्रतिवेदन कसरी हुन्छ? पहिलो, शान्तिपूर्ण प्रति’स्पर्धाबाट आजसम्म दुनियाँमा न कतै समाजवाद आएको थियो, न आउने सम्भा’वना नै छ। उहिल्यै १९५६ मा बद’नाम भएको ख्रुश्चोवी लाइनअनुसार जनवादी क्रा’न्तिका बाँकी कार्यभार पूरा गर्दै समाजवादको आधार निर्माण भन्ने विषय ग’म्भीर सैद्धान्तिक विच’लन हो,’ न्यौपानेले भनेका छन्।

उनले पार्टीका नेता र सरकारमा गएकाहरूको पारदर्शिता नभ’एको समेत बताएका छन्। ‘हाम्रोतर्फबाट मन्त्री भएकाहरूको कुरा छा’डौँ, मन्त्रीका अधिकांश पिएहरूको मात्र सम्पत्ति छान’बिन गर्ने हो भने बद’नामीको डर’लाग्दो चित्र देखापर्दछ। यसलाई पूराका पूरा सच्या’इएन भने सरकारमा गएर समाजवादको आधार निर्माण गर्ने कुरा काल्पनिक मात्र होइन, बद’नामीको माध्यम हुनेछ,’ उनले भनेका छन् ।

एमालेसँगको एकता सबै कोणबाट सही थियो भन्ने विषय प्रतिवेदनमा उल्लेख गर्ने कुरो समग्रतामा सही नभएको उनले बताएका छन्। एमालेसँगको चुनावी तालमेल र कार्यगत मोर्चासम्मलाई सही मान्न सकिन्छ, तर शान्तिपूर्ण संसदवादमा डु’बेको, उदारवादी अर्थतन्त्रको घो’डा च’ढ्ने र ओलीजस्तो दक्षिणपन्थी विचारको नेतृत्वसँग छापा’मार तरिकाले गरिएको एकता सैद्धान्तिक र प्रक्रियागत हिसाबले ग’म्भीर ग’ल्ती रहेको उनको मत छ।

उनले भनेका छन्, ‘त्यस्तो पुँजीवादी पार्टीसँग एकता गरेर समाजवादको तयारी भन्ने आँट आजसम्म विनासंकोच गरिरहेका छौँ ? यो दक्षिणपन्थ होइन ? अदा’लतले दुई पार्टीलाई अल’ग बनाएपछि ओली त जान्थे गए, तर ओलीलाई हामीले कारबाही गरेपछि बनाइएका अध्यक्षसहितको समूह पेरिसडाँडाबाट लुरुलुरु धुम्बाराही जाने कुराले एकतालाई सही थियो भनेर पुष्टि गर्छ ? त्यसकारण त्यो ग’ल्ती सामान्य उदारवादी कार्यशैलीमा मात्र सी’मित थिएन, यसमा कमरेड प्रचण्डभित्र विकास भइरहेको व्यक्तिवादी अरा’जकता र संसदवादी रु’झान पनि जिम्मेवार छ।’

अध्यक्षमा आत्मकेन्द्रित व्यक्तिवादको स’मस्या देखिएको उनको मत छ। ‘तपाईंका प्रायः सबै सार्वजनिक अभिव्यक्तिमा हाम्रो वर्ग, हाम्रो पार्टी, हाम्रो आ’न्दोलन र हाम्रो केन्द्रीय समितिको निर्णय भन्ने कतै सु’निँदैन। सुनिन्छ त म, मेरो, मैले, प्रचण्डले मात्र। यसको एउटा उदाहरण तपाईंले नेकपाकालमा केपी ओलीलाई लेखेको पत्रमा म भन्ने शब्द ३४ पटक दोहोरिएको छ भने हामी भन्ने एक ठाउँमा मात्र।

हामीले ओलीभित्रको बा प्रवृत्तिले कम्युनिस्ट आ’न्दोलनमा पारेको नका’रात्मक प्रभा’वको ख’ण्डन गर्दै गर्दा हामीभित्र पनि अर्को रूपको बा प्रवृत्ति देखिएको छ। तपाईं आफैँ सशरीर उपस्थित भएको ठाउँमा तपाईंका लस्करै तस्बिर राख्न कसले निर्दे’शन दिएको हो ? कमरेड अध्यक्ष, त्यो ठाउँमा दिलबहादुर वा सुरेश वाग्ले अथवा सहिदहरूको तस्बिर राखेको भए हाम्रो संस्कृति कति सुसंगत हुन्थ्यो होला ?’ न्यौपानेले प्रश्न गरेका छन्। नयाँ प’त्रिका बा’ट ।

९६५ पटक हेरिएको

तपाईको प्रतिक्रिया