शुक्रबार ०५ कार्तिक २०७८

शान्तिमान श्रेष्ठ (फेसबुकबाट)

अरु कुनै नेताले केहि नबोले हुन्छ ; मेलम्ची खानेपानी आयोजनाको पहिलो श्रेय स्व: राजा श्री ५ विरेन्द्रलाई नै जान्छ , स्व. राजा विरेन्द्रकै सदिच्छा र सोंच अनुसार मेलम्ची खानेपानी आयोजनाको शुरुवात भएको हो ।

दोस्रो श्रेय पूर्वप्रधानमन्त्री स्वर्गीय कृष्णप्रसाद भट्टराईलाई जान्छ , भट्टराईकै इच्छामुताबिक मेलम्ची परियोजनाको कामलाई तिब्रता दिइएको थियो । त्यसपछिका कुनै पनि पात्रलाई मेलम्ची खानेपानी आयोजनाको श्रेय लिने नैतिक हक छैन।

ठिक ११३ वर्ष जति अघि अर्थात वि.स. १९६४ ताका बाटोघाटो , सडक सुबिधा र सवारी साधन थिएन, सम्पूर्ण सामानहरु भारतको सिमानादेखि काठमाडौसम्म मान्छेले बोकेर पुर्याउन पर्थ्यो , त्यो जमानामा राणाहरुले ५०० किलोवाट क्षमताको फर्पिङ्ग जलविद्युत आयोजना शुरु गरेर ठिक चार वर्षमा अर्थात वि.स. १९६४ मा निर्माण शुरु गरेर वि.स. १९६८ मा सम्पन्न गरेका थिए। वि.स. १९६८ मा तत्कालीन राजा पृथ्वी विरविक्रम शाहले टुँडिखेलमा बिजुलीको स्विच दबाएर नेपालमा पहिलो र एशियामा नै दोस्रो जलविधुत गृहको उदघाटन गरेका थिए। यसको ठिक २३ वर्ष पछि अर्थात वि.स. १९९१ सालमा राणाहरुले लगभग यति नै अबधी लगाएर ६४० किलोवाट क्षमताको सुन्दरीजल जलविद्युत आयोजना बनाए।

यिनले विकासविरोधी र सामन्त भन्ने गरेको राणाहरुले त्यो जमानामा ४ वर्ष लगाएर जलविद्युत आयोजना सम्पन्न गरे, चन्द्र शमशेरले त्यो जमानामा १ वर्षको अवधी लगाएर १४ सय कोठाको सिंह दरबार बनाए तर ७२ को भुकम्पले थलिएको यहि सिंह दरबार मर्मत गर्ने काम अहिले ६ वर्षमा पनि पूरा गरेका छैनन् ।

अनि, समाजवादी – अग्रगामी – प्रगतिशिलहरुले आधुनिक जमानामा सम्पूर्ण सडक सुबिधा र यातायात व्यवस्था लगायत अत्याधुनिक उपकरणको बाबजुद ३१ वर्षमा बल्ल मेलम्चीको पानी काठमाडौ झारेका छन् , बितरण प्रणालीको काम त बाँकी नै छ। विगतका प्राय: सबै जसो सरकार , दल वा नेताको लागि मेलम्ची आयोजना दुहुनो गाई भएको थियो , यो आयोजनाबाट लाभान्वित नहुने जिवित शिर्ष नेता कोहि छैनन् ।

३१ वर्षको अबधीमा देशले ठूलो फडको मा र्न सक्छ , चिनले १० वर्षको अवधिमा एउटा उजाड भूमिमा ३ करोड जनसंख्या सहितको विशाल शहर बसालेको छ , सिर्फ २० वर्षको अवधिमा सिंगापुर र मलेशियाले विकासमा चमत्कारिक फड्को मा’रेको छ , कतिलाई थाहा छ ? ओशो रजनिशले सिर्फ ४ वर्षको अवधिमा अमेरिकाको ओरेगन राज्यमा अत्याधुनिक सुविधा सहितको शहर बसालेका थिए , नेपालमै राजा महेन्द्रले १० वर्षको अवधिमा सयौं उद्योगहरु स्थापना गरेका थिए । ३१ वर्षमा एउटा आयोजना सम्पन्न गर्दा लाज , घिन, शर्म मान्नु पर्ने ठाउँमा गर्व गर्दै श्रेय लिने हानथाप गर्दैछन बा ! कुन ग्रह बाट बिचरण गरेको ज’न्तु परेछन् यो देशको नेताहरु ! अझ यिनका झोले – लफं’गाहरुको तु’जुक पो गजबको छ बा ! यिनले गाँस खान्छन् कि घाँ’स ? यिनको खोप’डिमा के होला?

यो आयोजना समयमै सम्पन्न भएको भए ४ गुणा कम लागतमा निर्माण हुन सक्थ्यो , यो क्षति यी झो’लेहरुले ब्यहोर्छन् कि यिनका नेताहरुले ब्यहोर्छन् ? २६ वर्ष अनावश्यक लम्बिएको निर्माण अवधिमा ५० लाख जनताले पाएको सास्ती को हर्जाना कसले तिर्छ ? यसको जिम्मेवारी कसले लिन्छ ?

मेलम्ची खानेपानी आयोजनाको एउटा महत्वपूर्ण विशेषता पनि छ , पंचायतको आखिरी समय ताका राजा विरेन्द्रको व्यक्तिगत ईच्छा अनुसार अगाडी बढाइएको यो आयोजनालाई २०४६ को परिवर्तन लगत्तै बनेको अन्तरिम सरकारका प्रधानमन्त्री कृष्ण प्रसाद भट्टराईले प्राथमिकताका साथ निरन्तरता दिए , उनले पुर्वराजा वा पंचायतले शुरु गरेको आयोजना भनेर पूर्वाग्रह राखेनन् , एउटा असल राजनितीज्ञमा हुनुपर्ने गुणको उदाहरण दिए स्व. भट्टराईले ।

विगतको ईतिहासमा देशको लागि अमूल्य योगदान दिने पात्रहरुको मुर्ती तो’ड्दै हिंड्ने र तिनले निर्माण गरेको संरचनाको नाम फेर्दै हिंड्ने अनि तिनैले बनाएको संरचना मर्मत गर्न विदेशीसँग भि’ख मागेर पनि ६-७ वर्षमा मर्मत गर्न नसक्ने कसैले पनि यो आयोजनाको श्रेय लिने मू’र्खता नगरोस् ।

३४८ पटक हेरिएको

तपाईको प्रतिक्रिया