बुधबार ०५ माघ २०७८

काठमाडौं / मुलुकभर चिसो बढिरहेको छ। मध्य पुसको जाडोले सता’इरहेका बेला एक्कासी वर्षासँगै हिमपात भएपछि दैनिकी जीवन प्रभावित भएको छ। मंगलबार रातीदेखि परेको वर्षा र हिमपातले जनजीवन क’ष्टकर बनाएको छ ।

उच्च पहाडि र हिमाली भेगमा बाक्लो हिमपात परिरहेको छ । काठमाडौं उपत्यका आसपास क्षेत्रमा पनि हिउँ परेको छ । रातीदेखि सुरु भएको वर्षा अझैं रो’किएको छै’न ।

यस्तो बेलामा स्वास्थ्यको विशेष ख्याल गर्नुपर्छ । सही हेरविचार पुर्‍याउन सकिएन भने बिरामी पर्ने सं’भावना रहन्छ । चिसोबाट बच्न तातो र झोलिलो खाना खाने, न्यानो लुगा लगाउने, सुत्ने कोठालाई तातो बनाउन विज्ञहरुले सु’झाव दिएका छन् ।

चिसोबाट बालबालिका र वृद्धवृद्धाहरु बढी प्रभावित हुने गर्छन् । त्यसैले उनीहरुको विशेष हेरचाह गर्नुपर्छ । चिसोबाट बच्न अधिकांश मानिसले आगो ताप्ने, हिटर वा कोइला बा’ल्ने गर्छन् ।

यिनीहरुको प्रयोग गर्दा सा’वधानी अपनाउन भने बिर्सनु हुँदैन। सानो लाप’रवाहीले ज्‍या’न जान समेत बेर ला’ग्दैन । त्यसैले यस्ता जाडोका सहयोगी तर उपयोग गर्न नजान्दा ज्यानै लिने उपकरणको प्रयोग गर्दा विशेष ध्यान दिनुपर्छ ।

आगो ताप्दा वा हिटर बा’ल्दा कागज, कपडा जस्ता छिटो ज’ल्ने खालका सामाग्री नजिकै राख्नु् हुँदैन । आगो तापिसकेपछि त्यसलाई पूर्ण रुपमा निभाइदिनुपर्छ । जाडो याममा शरीर वा कोठालाई न्यानो बनाइराख्न आगो ताप्ने, हिटर बा’ल्ने, गिजरको प्रयोग गर्नेलगायतका उपायहरु गरिएपनि पर्याप्त साव’धानी नअपनाउँदा अप्रि’य घ’टनाहरु हुने गरेका छन् ।

कसरी साव’धानी अपनाउने ?

-हावा ओहोरदोहोर हुने ठाउँ वा कोठामा मात्र आगो ताप्ने, हिटर बा’ल्ने वा गिजर प्रयोग गर्नुपर्छ ।

-कोइलाजन्य स्रोतबाट सकेसम्म आगो नतापौं ।

-आगो ताप्दा वा हिटर बा’ल्दा कागज, कपडा जस्ता छिटो ज’ल्ने खालका सामग्री नजिकै नराखौं ।

-आगो तापिसकेपछि त्यसलाई पूर्ण रुपमा निभाउने गरौं ।

-सुत्नुअघि अनिवार्य रुपमा हिटर निभाउने गरौं ।

-गिजरको मुख्य मेसिनलाई बाथरुम बाहिर खुला ठाउँमा जडान गरौं ।

-गिजर खोलेर लामो समयसम्म बाथरुममा बस्ने नगरौं । न्यु’ज 24 नेपाल बा’ट ।

६६ पटक हेरिएको

तपाईको प्रतिक्रिया