बुधबार २४ जेठ २०८०

काठमाडौं, १३ पौष / रौतहटमा जन्ती बोकेको जीप दुर्घट’नामा परेको छ । परोहा नगरपालिकाको नगरकटियाबाट जन्ती बो’केको जीप जयनगरमा दुर्घ’टनामा पर्दा ५ ज’नाको मृ’त्यु भएको छ । ४ जनाको घट’नास्थलमा र एक जनाको अस्प’तालमा मृ’त्यु भएको बुझिएको छ ।

मृ’त्यु हुनेहरुमा १६ वर्षीय सेख नौसाद, २२ वर्षीय सेख सैनुल्लाह, ५५ वर्षीय मारुफ मियाँ अन्सारी र २५ वर्षीय सेख छोटु रहेको प्र’हरीले जानकारी दिएको छ । उनीहरु गढीमाई नगरपालिका ३ का बासिन्दा हुन् । एकजनाको स’नाखत हुन बाँकी छ । जीपमा ९ जना स’वार थिए ।

साँझ ४ बजे नरकटियाबाट गढीमाई नगरपालिका गम्हरियातर्फ गइरहेको भारतीय नम्बर प्लेट बीआर ०५ पीए ६९५३ नम्बरको जीप दुर्घ’टनामा परेको हो । जीप ति’व्र ग’तिमा हुँदा अनि’यन्त्रित भई सड’कबाट बा’हिर पुगेको थियो । घट’नाको छा’नविन भइरहेको प्रह’रीले जनाएको छ ।

यो अ’र्को समाचार : मौसममा ख’राबी आएपछि हवाई उडान प्रभा’वित

काठमाडाैँ / प्रति’कूल मौसमका कारण त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान सामान्य प्रभा’वित भएको छ ।

काठमाडौँको आकासमा बिहानैदेखि बा’क्लो तुँ’वालो लागेर भिजिबिलिटी कम हुँदा विमानस्थलमा बिहानैदेखि उडान सामान्य प्रभा’वित भएको छ । मौसम ख’राबीले दुबैतर्फका उडान सामान्य प्रभावित भएको विमानस्थलका महाप्रबन्धक भोलाप्रसाद गुरागाईंले जानकारी दिनुभयो ।

उहाँका अनुसार आन्तरिकतर्फ आइएफआर उडान मात्र भइरहेको छ । अन्तरराष्ट्रियमा पनि बिहान कतिपय उडान प्रभावित भए पनि अहिले सामान्य अवस्था रहेको छ । बिहान दिल्लीबाट आएको इथोपियन एयरलाइन्सको जहाज डाइभर्ड भएको थियो ।

अहिले विमानस्थलको भिजिबिलिटी तीन हजार मिटर छ । मौसम खरा’बीले आन्तरिक उडान हुने देशका कतिपय विमानस्थलमा पनि उडान हुननसकेको जनाइएको छ । बाक्लो कुहिरो र हु’स्सुका कारण आइएफआर उडान हुँदा आन्तरिक उडान डिले हुने गरेको बुद्ध एयरका सूचना अधिकारी दीपेन्द्रकुमार कर्णले बताउनुभयो ।

उहाँले उडान डिले भए पनि गन्तव्यमा यात्रु पु¥याउन एयरलाइन्सले हरसम्भव लागिपर्ने बताउनुभयो । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ । अहिले देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ ।

धेरै स्थानमा हल्कादेखि मध्यम वर्ष र उच्च हिमाली तथा पहाडी भेगमा हल्का हिमपातको सम्भावना रहेको छ । पहाडी भेगमा बाक्लो तुवालो लागेको छ भने तराईका कतिपय स्थानमा हु’स्सु/कुहिरो लागेको छ । आज काठमाडौँको न्यूनतम ३ दशमलब ६ र अधिकतम तापक्रम १७ डिग्रि सेल्सियस रहेको छ ।

११२४ पटक हेरिएको

तपाईको प्रतिक्रिया