शुक्रबार १९ जेठ २०८०

काठमाडौ / यदि तपाई घर भाडामा बस्नुहुन्छ तर तपाईसंग घर धनीले बिलमा आएको भन्दा बढी विद्युत महशुल उठाउने गरेको छ भने तपाईका लागि खुसीको खबर छ ।

अब नेपाल विद्युत् प्राधिकरणले भाडामा बस्नेसंग बढी विद्युत महशुल उठाउने घर धनीको विजुली का’टिदिने भएको छ । त्यसका लागि तपाईले विद्युत कार्यालयमा गएर नि’वेदन दिनुपर्ने हुन्छ ।

प्राधिकरणले हालसालै संशो’धन गरेको विद्युत् महसुल संकलन विनि’यमावलीमा भाडामा बस्नेहरुका लागि यस्तो सुविधा ल्याएको छ । काठमाडौमा डेरामा बस्नेहरुले विद्युत महशुल विलमा आएको रकम भन्दा बढी तिर्नुपर्ने वाध्या’त्मक अवस्था छ ।

घरधनीले अनेक वहा’नामा विद्युत महशुल विलमा उठेको रकम भन्दा धेरै पैसा भाडामा बस्नेहरुसंग उठाउने गरेको देखिन्छ । नयाँ नियमा’वलीमा डेरामा बस्नेसँग तो’किएभन्दा बढी महसुल लिएको पाइए लाइन का’ट्न सकिने उल्लेख छ ।

घर वहालमा बस्नेले प्र’माण सहित आएर नि’वेदन दिए घरधनीलाई बोलाएर छलफल गर्ने र अटे’री गरेमा लाइन का’टिने प्राधिकरणका वितरण तथा ग्राहक सेवा निर्देशनालयका प्रमुख तथा उपकार्यकारी निर्देशक मनोज सिलवालले बताए ।

विद्युत् महसुलको हिसाबमा भने घरबेटीले गड’बडी गर्ने गु’नासो धेरै पहिलेदेखि नै प्राधिकरणमा आउने गरेका कारण नियमा’वलीमा यस्तो ब्यवस्था गरिएको पनि उनले बताए । काठमाडौंमा धेरैजसो घरबेटीले विद्युत् महसुल १५ देखि २० रुपैयाँ प्रतियुनिटको दरले लिने गरेका छन् ।

जबकी प्राधिकरणको महसुल दर न्यूनतम ३ र अधिकतम १२ रुपैयाँ प्रतियुनिट मात्र उठ्ने गर्छ ।

६५३ पटक हेरिएको

तपाईको प्रतिक्रिया