शुक्रबार १७ चैत्र २०७९

एजेन्सी/ अमेरिकाको क्यालिफोर्निया निवासी लेस्ली पिल्ग्रीम नामक एक महिलाले सवारी चालक परिचय पत्र बनाउन स्थानीय सवारी साधन विभाग (डीएमभी)मा सम्पर्क राखिन् ।

तर सो विभागले आफ्नो मास्क लगाएको तस्वीरसहितको परिचयपत्र पठाइदिँदा उनी छक्क परेकी छन् । हन्टिङटनबिच निवासी उनले फोक्स ११ लसएन्जेल्सलाई बताएकी छन्– ‘म सवारी विभागमा मास्क लगाएर पुगेकी थिएँ ।’

म लाइनमा सबैभन्दा अगाडि थिएँ । क्यामेरासामु उभिँदासम्म मैले मास्क लगाइनै रहेकी थिएँ । म मास्क खोल्न लगाउने अनुरोधको प्रतीक्षामा थिएँ । कसैले केही पनि भनेनन् । बरु मैले क्यामेरामा हेर्नुस् भन्ने आवाज सुनें । त्यसपछि क्लिक आवाज सुनियो ।

मैले मास्क लगाइएकै अवस्थामा मेरो तस्वीर खिचिसकेको चाल पाएँ ।’तर केही समयपछि तस्वीर खिच्ने कर्मचारीले गल्ती महसुस गरे। उनले पिल्ग्रीमलाई मास्क खोल्न लगाएर अर्को तस्वीर खिचे । केही दिनपछि उनको मेलमा उनको ३५ अमेरिकी डलर पर्ने सवारी चालक परिचयपत्र आइपुग्यो ।

तर त्यसमा उनको खरानी रंगको तस्वीर मास्क लगाइएको तस्वीर थियो । आफ्नो आँखा, आँखीभौं र निधार, केश र घाँटी मात्र देखिने तस्वीर देखेर निकै हाँसो उठेको उनले बताएकी छन् । हुन त कोभिड १९ को महामारीको कारण सबैले सामन्यतया जहाँ पनि मास्क लगाउने गरेका छन् ।

डीएमभीले अहिलेसम्म यही एउटै मात्र त्रुटिपूर्ण घटना भएको स्विकारेको छ । डीएमभीले पुनः उनीसँग भेटेर नयाँ तस्वीर खिचाउने काम भइसकेको पनि जनाएको छ ।

७५५ पटक हेरिएको

तपाईको प्रतिक्रिया