
आज श्री शाके १९४३ बि.स.२०७८ साल पुस ११ गते आइतबार इश्वी सन २०२१ डिसेम्बर २६ तारीख पौष कृष्णपक्ष सप्तमी तिथी उत्तरफाल्गुनी नक्षत्र आयुष्मान योग बालव करण चन्द्रमा सिह राशिमा पश्चात कन्या राशिमा आनन्दादि योगमा मित्र योग राक्षसनाम संवत्सर सुर्य दक्षिणायन हेमन्त ऋतु रविसप्तमीव्रत,अष्टमीव्रत
मेषः सुभ समाचार सुनेर तपाईंको बिहानको सुरुवात हुनेछ । तपाईको समय राम्रो रहेकोले विद्या तथा खोजमुलक क्षेत्रमा चासो बढ्ने छ । तपाईले भनेजस्तो नतिजा प्राप्त गर्न सकिनेछ । न्या’यालयबाट हुने न्या’यिक निर्णयहरु तपाइकै पक्षमा हुनेछन् । आफन्त तथा मामा मावली पक्षबाट सहयोग प्राप्त हुनेछ । मध्यान्हबाट समय मध्यम रहेकोले भौतिक सम्पत्तीको प्रयोग गर्दा ख्याल गर्नुहोला । यात्रा गर्दा ध्यान दिनुहोला क’ष्टकर यात्रा नहो’ला भन्न स’किन्न ।
वृषः बिहानको समय राम्रो रहेकोले अध्ययनमा मन जाने तथा नतिजा आफूतिर नै ल्याउन सकिनेछ । शेयर बजार तथा सट्टाको व्यवसायबाट मनग्गे आम्दानी हुनेछ । प्रेममा रमाउन चाहनेहरुको लागि समय उत्तम रहेको छ । मध्यान्हबाट समय मध्यम रहेकोले व्यापार व्यावसायमा मन्दी आउने समय रहेको छ । अवसरवादीहरुको चं गु ल मा परिनेछ ध्यान दिनुहोला । न्या’यालयबाट न्या’य पाउन क’ठिन रहेको छ ।
मिथुनः राम्रा काम गरी अरुको विस्वास जित्न सकिनेछ भने पुरुषार्थी काम गरी नतिजा आफैँतिर पार्न सकिनेछ । नयाँ प्रविधीको प्रयोग मार्फत आम्दानीका स्रोतहरु बढाउन सकिनेछ । प्रतिस्पर्धामा प्रतिस्पर्धीहरुलाई किनार लगाउँदै विजय भईनेछ । आफन्त तथा मामापक्षबाट भनेजस्तो सहयोग पाईनाले मन प्रशन्न रहनेछ । खर्च बढेपनि राम्रा काम गर्दै अगाडि बढ्न सकिनेछ ।
कर्कटः घर परिवार तथा आफन्तका बीच देखिने ति’त्तता हल गर्दै राम्रा काम गर्न सकिनेछ । विलाशी तथा भौतिक वस्तुको प्रयोग गर्दा ध्यान दिनुहोला । बढि नै रमाईलो गर्न खोज्दा शुभचिन्तकहरु रिसा’उनेछन् । हतारमा गरीने निर्णय घा त क हुनेछ । मध्यान्हबाट पढाई लेखाईमा मन जानेछ । उपहार तथा भौतिक सम्पत्ती प्राप्तीको योग रहेको छ ।
सिंहः प्रति’स्पर्धामा सहभागि हुनु परेपनि प्रतिस्पर्धीहरुलाई किनारा लगाउँदै नतिजा हात पार्न सकिनेछ । पराक्रमी क्रिर्याकलापमा भाग लिई नाम तथा दाम दुबै कमाउन सकिनेछ । लेखन,कला तथा साहित्यमा रुचि बढ्नेछ । प्रेमील जोडीहरुका लागि समय उत्तम रहेको छ । मध्यान्हबाट मसय मध्यम रहेकोले खानपानमा ध्यान दिनुहोला । अना’वश्यक यात्रा नगर्नु नै राम्रो रहनेछ ।
कन्याः व्यापार बढ्नुको साथै आम्दानीमा बढोत्तरिको योग रहेकोछ । पारिवारिक जमघटमा मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर जुर्नुको साथै रमाईलो वातावरण समय व्यतित गर्न सकिनेछ । गाएन तथा कलाकारीता क्षेत्रमा समय लगानी गर्नेहरुले नाम तथा दाम दुबै कमाउन सक्नेछन् । साँझपख यात्राको गतिलो योग रहेको छ भने न्या’यिक निर्णयहरु तपाईकै पक्षमा हुनेछन् ।
तुलाः टाडिएका मित्र तथा आफन्तसँगको भेटले मन प्रशन्न हुनेछ । पुराना कमि’कमजोरी हरुलाई सच्याउँदै रचनात्मक काम गर्न सकिनेछ । विलाशी वस्तुको प्रयोग मार्फत अरुको ध्यान आकर्षित गर्न सकिनेछ । माया प्रेममा नजिक हुने समय रहेको छ । नयाँ कामको अवसर आउने तथा गरीरहेको कामबाट मनग्गे धन आर्जन गर्न सकिनेछ ।
वृश्चिकः बिहानको समय मध्ययम रहेकोले स्वास्थ्यमा समस्या आई खर्च बढ्ने योग रहेको छ । अध्ययनमा मन जाने छैन । मध्यान्हबाट समय राम्रो रहेकोले प्राकृतिक स्रोत साधनको प्रयोग मार्फत मनग्गे धन आर्जन गर्न सकिनेछ । ब्यवसाय गर्नेहरुका लागि राम्रो समय छ भने सामानको खरिद बिक्रीमा वृद्धि हुनेछ । अन्य कारोबार गर्नेहरुको हकमा म’न्दि आउने तथा घा’टा लाग्नेछ ।
धनुः अध्ययन तथा अनुसन्धानमा ध्यान केन्द्रित हुँदा उत्कृष्ट नजिता हात पार्न सकिनेछ । प्रविधिको उच्चतम् प्रयोग गरी रचानात्मक कार्य गर्न सकिनेछ । पैत्रिक धनको प्रयोग मार्फत व्यवसाय गरी रोजगारिका अवसर सिर्जना गर्न सकिनेछ । प्रे’ममा सामिप्यता बढेर जानेछ भने जीवन साथिको सहयोगले राम्रा काम गर्न सकिनेछ । जमघटमा मिष्ठान्न भोजन ग्रहण गर्न सकिनेछ । मध्यान्हबाट यात्रा गर्दा ध्यान दिनुहोला समय मध्ययम रहेको छ ।
मकरः राजनीति तथा समाजसेवामा जनताको गतिलो समर्थन प्राप्त हुनेछ भने कार्यक्षेत्रमा तारिफ योग्य काम गरी लोकप्रियता कमाउन सकिनेछ । शिक्षामा प्रविधिको प्रयोग गरि भनेजस्तो नतिजा हात पार्न सकिने हुनाले प्रतिस्पर्धीहरु किनारा लाग्नेछन् । माया प्रेममा विश्वासको वातावरण बढेर जानेछ । नयाँ काम पाउने तथा नोकरीमा सुगम स्थानमा स्थानान्तरणको अधिक सम्भा’वना रहेको छ ।
कुम्भः लामो दुरीको धार्मिक प्रतिष्ठान तथा मन्दीर तिरको यात्राको तय गर्न सकिनेछ । सरकारी तथा प्रशासनिक काममा सम्मानजनक उपस्थिति रहनेछ । परिवारजनको सहयोगले नयाँ योजनाहरु बनाउन सकिनेछ । खोज तथा अनुसन्धानको क्षेत्रमा सकारात्मक नतिजा हात लाग्नेछ भने अध्यानमा प्रगती भएर जानेछ । धार्मिक यात्राको तय गर्न सकिनेछ । प्रे’म तथा मित्रताको गाँठो कसिलो भएर जानेछ ।
मीनः भौतिक वस्तु तथा सवारी साधनको कारोवार गर्दा ध्यान दिनुहोला समय मध्यम रहेको छ । आफन्त तथा साथी भाईसँग मन’मुटाव सिर्जना हुने योग रहेको छ । व्यापारमा लगानी गरीहाल्ने समय नरहे’कोले गरीरहेको कामलाई निरन्तरता दिनुहोला । मध्यान्हबाट समय राम्रो रहेकोले दैनिक उपभोग्य सामानको कारोवारमा वृद्धि हुनेछ भने अन्य व्यवसायमा म’न्दि आउनेछ । कहि कतैको यात्रा नग’र्नु नै राम्रो हुनेछ ।