
हलेसी महादेव नेपालको एक प्रसिद्ध हिन्दू एवं बौद्ध तीर्थस्थल हो । यो स्थान सगरमाथा अञ्चलको खोटाङ जिल्लाको सदरमुकाम दिक्तेल देखि करिब ९ कोस पश्चिम अवस्थित हलेसी तुवाचुङ नगरपालिका को केन्द्र दुर्छिम छापडाँडाबाट पूर्व नगरपालिकाको वडा नं ७ महादेवस्थान हलेसी गाउँ मा पर्छ । हलेसी समुद्री सतहदेखि ४ हजार ७ सय ३६ फिटको उचाइमा रहेको छ ।
‘हलेसी गुफा’को प्राकृतिक भू-बनोटको संरचनासमेत विश्वमै अनौठो मानिन्छ । हलेसी महादेवलाई हिन्दू धर्मावलम्बीले पूर्वको पशुपति, बौद्धमार्गीले दोस्रो लुम्बिनी अथवा मरातिक गुफा र किराँत धर्मावलम्बीलेले आदिम भूमि ठान्छन् । हिन्दू धर्म, बुद्ध धर्मको संगमस्थल मानिने हलेसी धाम करिब २६ रोपनीमा फैलिएको छ ।
गुराँसे, तुवाचुङ जायजुम मलाथुम्की र रूपाकोट डाँडा जस्ता सदाबहार डाँडाको काखमा हलेसी अवस्थित रहेको छ । मनोरम प्राकृतिक छटाले भरिपूर्ण एवं विभिन्न अनौठा र आकर्षक प्राकृतिक आकृतिका च’ट्टान (शिला)ले झकिझकाउ हलेसी धाममा विशेषत महादेव (शिव), बसाह र भैरवका तीनवटा महत्त्वपूर्ण गुफा छन् ।
हलेसी महादेवको दर्शन गरेमा खडे’रीबाट मु’क्ति पाउने, दुः’खबाट मु’क्ति पाउने, सन्तान लाभ हुने, पदोन्नति हुने, नि’रोगी हुने जनविश्वास छ। महादेवलाई भस्मासुर राक्ष’सबाट बचाउन मोहनी रूप धारण गरी भगवान विष्णु कैलाशबाट यस ठाउँमा आएको शास्त्रीय मान्यता छ ।मोहनीले राक्ष’सलाई झु’क्याएर भ’ष्म गरिदिएकी थिइन्,
पौराणिक कहानी अनुसार एक राक्ष’सले लामो समयसम्म तप’स्या गरेर महादेवलाई प्रशन्न पारेको थियो । राक्ष’सको तप’स्याबाट प्रसन्न भएका महादेवले राक्ष’सलाई जे बरदान माग्छौ मा’ग, म पूरा गरिदिनेछु भन्ने वचन दिएपछि उसले म जसको शिरमाथि हात राख्छु त्यो मान्छे तुरु’न्तै ज’लेर भ’ष्म होस् भन्ने बरदान मागेको थियो । प्रशन्न भएको मुद्रामा रहेका महादेवले पनि तथास्तु भनेर उसको मा’ग पूरा गरिदिएका थिए ।
बरदान पाउनेबित्तिकै त्यो रा’क्षस भष्मा’सुरको नामले चिनिन थाल्यो । राक्ष’सले महादेवको शीरमाथि नै आफ्नो हात राखेर महादेवलाई भ’ष्म बनाउन खोज्यो । उक्त राक्ष’सबाट बाँ’च्न भा’ग्दै हिँडेका महादेव त्यही हलेसी गुफामा लुकेर आफ्नो ज्या’न बचा’एको पौराणिक कहानी रहेको छ ।
महादेव लु’केको त्यही अवस्थामा भगवान विष्णुले मोहनी ( सुन्दरी स्त्री) को रूप धारण गरी त्यस राक्ष’सलाई ल’ठ्याएर आऊ अब हामी सँगै नाचौँ भनेपछि रा’क्षस पनि युव’तीको मोह’जालमा परेर नाच्न थाल्यो । नाच्दा नाच्दै आफ्नै शिरमाथि हात परेपछि त्यो रा’क्षस ज’लेर भ’स्म भयो । महादेव लु’केको गुफा भनेर हलेसी गुफालाई लु’कु वा महादेवको पूजा गर्ने प्रशिद्द तीर्थस्थल तथा पूर्वको पशुपतिनाथको रुपमा समेत पूजा गर्ने गरिन्छ ।
जसको अवशेष भैरव गुफामा रहेको विश्वास गरिन्छ । त्यसैले यसलाई भष्मा’सुर गुफा पनि भनिन्छ । यहाँ राम नवमी, बाला चतुर्दशी, शिवरात्री र तीज गरी वर्षमा चारपटक ठूला मेला लाग्ने हलेसीमा विभिन्न मुलुकबाट समेत तीर्थयात्री तथा पर्यटक आउने गर्छन् । हलेसी महादेवको पूजा गरे मनोकांक्षा पूरा हुने जनविश्वास रहिआएको छ ।