बुधबार २४ जेठ २०८०

काठमाडौं, पुस ९ / नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)को राष्ट्रिय सम्मेलनको तयारी अ’न्तिम चरणमा पुगेको छ । आगामी ११–१३ पुसमा काठमाडौंको प्रज्ञा भवनमा हुने सम्मेलनमा १ हजार ५ सय बढी प्रतिनिधि सहभागी हुँदै छन् ।

माओवादी केन्द्रको विधा’न अनुसार अध्यक्ष, उपाध्यक्ष, महासचिव, उपमहासचिव र सचिवसहित २ सय ९९ सदस्यीय केन्द्रीय समिति गठन हुनेछ । यद्यपि नेताहरूले वि’धान संशो’धन गरेर पदाधिकारी संख्या बढाउने छल’फल गरिरहेका छन् ।

माओवादी केन्द्रले विधान परि’मार्जन गर्न वि’धान मस्यौदा समिति गठन गरेको छ । राष्ट्रिय सम्मेलनमा प्रस्तुत गर्ने विधानमा आवश्यक परि’मार्जन गर्न स्थायी कमिटीका सदस्य देव गुरुङको संयोजकत्वमा जनार्दन शर्मा, लीलामणि पोखरेल, पम्फा भुसाल र मातृकाप्रसाद यादव रहेको समिति गठन गरिएको छ ।

विधान मस्यौदा समितिका संयोजक गुरुङले सम्मेलनको हलबाट पारित हुने व्यव’स्था अनुसार पदाधिकारी चयन गरिने बताए । पदाधिकारी संख्या बढाउने छलफल जारी रहेको बताउँदै उनले सम्मेलनले नै अन्तिम टुंगो लगाउने बताए ।

माओवादी केन्द्रको अध्यक्षमा भने पुनः पुष्पकमल दाहाल ‘प्रचण्ड’ नै आउने भएका छन् । माओवादी केन्द्र पार्टीका लागि सक्षम नेतृत्व दिन दाहालको विक’ल्पमा अर्को नेता नभएकाले उनी नै फेरि अध्यक्ष बन्नेछन् ।

माओवादी केन्द्रका स्थायी कमिटी सदस्य गुरुङले विगत तीन दशक बढी समयदेखि पार्टीको नेतृत्व गर्दै आएका नेता भएको ठाउँमा विक’ल्पको रुपमा अर्को नेता आउने स’म्भावना नभ’एको बताए । राज’धानी दै’निक बा’ट ।

५३९ पटक हेरिएको

तपाईको प्रतिक्रिया