शुक्रबार २२ मंसिर २०८०

काठमाडौं / प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी पास गराउन बारम्बार ताकेता गरे पछि यो बिषय फेरी पे’चिलो भएको छ र यसले सत्ता गठबन्धनमानै हल’चल ल्याइदिएको छ ।

सत्तासाझेदार प्रमुख दल नेकपा माओवादी केन्द्र कि गठबन्धन कि एमसीसी मध्ये एक रोज्नु पर्ने अवस्थामा पुगेको चर्चा चलिरहँदा माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङले बरु गठबन्धन छो’ड्न तयार रहेको तर एमसीसी पास गराउँन माओवादी केन्द्र कुनै हालतमा तयार नभ’एको प्रष्ट पारेका छन् ।

मिडिया सँगको विशेष कुराकानीमा प्रमुख सचेतक गुरुङले एमसीसी र गठबन्धनको तुलना नै हुन नसक्ने ठो’कुवा गरेका छन् । गठबन्धन अस्थायी चिज भएको भन्दै उनले विचार मिलुन्जेल गठबन्धन गर्ने हो विचार मिल्न छोडे पछि जो सँग विचार मिल्छ उहि सँग गठबन्धन हुन्छ , एमसीसी जस्तो रणनितीक विषयमा गठबन्धन बचा’उनैका लागी कुनै सम्झौ’ता हुँदैन । उनले भनेका छन् ।

विचारका आधारमा मात्रै गठबन्धन हुने भन्दै गुरुङले विचारनै एक नभए गठबन्धन भनेर ढुकि’रहनु पर्ने कुनै आवश्यकता नभएको बताए । एमसीसी पास गराउँनैका लागी एमाले र काग्रेसको गठबन्धन बन्ने चर्चा छ नी ? भन्ने प्रश्नमा उनले विचार मिल्नेहरुको गठबन्धन बन्न सक्छ तर माओवादी केन्द्रले कुनै पनि हालतमा यथाअवस्थामा एमसीसी पास हुन दिँदैन । सरकारले अघि बढाउन खोज्छ भने हामी त्यसको प्रति’वाद गर्दछौँ । उनले भनेका छन् ।

गुुरुङले एमसीसी सै’न्य रणनि’ती नै भएको ठो’कुवा गर्दै नेपाललाई अफगानिस्तान बनाउने खे’लमा माओवादी केन्द्रले क’डा प्रति’वाद गर्ने खुलासा गरेका छन् । आर्थिक परियोजनाको आ’वरणमा सै’न्य रण’निती ल्याउन खोजिएको गुरुङको दा’वी छ ।

संचारकर्मीहरुसँगको विशेष कुराकानीका क्रममा पार्टीका प्रमुख सचेतक गुरुङले एउटा रौँ बराबर पनि देशको माया हुने कसैले पनि एमसीसी बोकेर हिड्न नसक्ने बताए । विदेशी साम्राज्यवादीका दला’लहरुले मात्रै एमसीसी बोकेर हिड्ने उनको आ’रोप छ ।

४४८ पटक हेरिएको

तपाईको प्रतिक्रिया