
न्यूयोर्क / किरात लिम्बूहरुको प्रमुख चाड चासोक तङ्नाम अमेरिकामा पनि धुमधामका साथ मनाइएको छ । किरात याक्थुङ चुम्लुङ अमेरिकाको आयोजनामा त्यहाँका लिम्बू समुदायले न्यूयोर्कमा चासोक मनाएका हुन् ।
किरात याक्थुङ चुम्लुङ अमेरिकाका अध्यक्ष सुमन थाम्सुहाङको अध्यक्षतामा आयोजित कार्यक्रमा सुभकामना आदान प्रदान गरिएको थियो ।
किराँत राई यायोक्खाका पूर्व अध्यक्ष दिपेश खाम्बेकले सबै याक्थुङ (लिम्बू) र गैर याक्थुङहरू सबैलाई चासोक तङ्नमको अवसरमा सुभकामना प्रदान गरे ।
त्यस्तैगरी आदिवासी र जनजाति लेखक सङ्घका वरिष्ठ उपाध्यक्ष टङ्क सेलिङले पनि अमेरिकामा आफ्नो पहिचान जोगाउन चु’नौती रहेको बताउदै विश्व ग्रामको अवधारणा आएको बेला याक्थुङ्हरूको संस्कार, संस्कृति र भाषालाई विश्वव्यापीकरण गर्न सबै याक्थुङ र अमेरिकी नेपालीहरू लाग्नुपर्ने बताए ।
त्यस्तै, शुभकामना आदानप्रदान गर्ने क्रममा लोक चेम्जोङले आदिवासी अन्तर्गत याक्थुङ जातिले नेपालमा हुने राजनीतिक परिवर्तन र आ’न्दोलनमा सहभागी हुने र सहयोग गर्नुपर्ने कुरा राख्दै सबैमा चासोक तङ्नामको शुभकामना व्यक्त गरेका थिए ।
कार्यक्रममा युनाइटेड किरात राई अर्गनाइजेसन अमेरिकाका अध्यक्ष केशवराम राईले पनि शुभकामना मन्तव्य राखेका थिए ।
त्यस्तै, कार्यक्रममा कवि विवश बेनामले याक्थुङ लिम्बू भाषामा स्वागत मन्तव्य र गजल प्रस्तुत गर्दा कार्यक्रममा रौनक छाएको थियो ।
कार्यक्रममा फिप्ना अमेरिकाका अध्यक्ष लोक चेम्जोङ, चुम्लुङ नेपालका पूर्वमहासचिव लीला सिङ्गक, आदिवासी जनजाति साहित्यकार लेखक महासंघ, नेपालका वरिष्ठ उपाध्यक्ष टङ्क सेलिङ, पूर्व चुम्लुङ अध्यक्ष वीरेन्द्रहाङ लाबुङ, पूर्व चुम्लुङ अध्यक्ष दीपेश खाम्बेक र युनाइटेड किरात राई अर्गनाइजेसन अमेरिका अध्यक्ष केशवराम राई लगायतको उपस्थिती रहेको थियो । – न्यु’ज 24 नेपाल बा’ट ।