बुधबार २४ जेठ २०८०

काठमाडौं/ राष्ट्रपति विद्यादेवी भण्डारीकी सम्धिनी किरण यादव नेपाली कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्यमा उम्मेदवार बने पनि पराजित भएकी छन् । शेखर कोइराला प्यानलबाट महाधिवेशनमा मधेसी महिलातर्फ केन्द्रीय सदस्यको उम्मेदवार बनेकी उनी पराजित भएकी हुन् ।

मधेसी महिलातर्फ केन्द्रीय सदस्यका लागि चार जनाले उम्मेदवारी दिएका थिए । सभापति शेरबहादुर देउवा समूहकी मुक्ताकुमारी यादव ३ हजार ९ सय ६९ मत ल्याएर पहिलो स्थानमा निर्वाचित हुन सफल भएकी छन् । यस्तै मिनाक्षी झा ३ हजार १२, मन्जुकुमारी यादव २ हजार ८ सय ८३ र नागिना यादव २ हजार ८ सय ४६ मत ल्याएर विजयी भएकी छन् ।

पूर्वराष्ट्रपति तथा काँग्रेसका पूर्वमहामन्त्री रामवरण यादवकी भतिजी समेत रहेकी किरण भने केन्द्रीय सदस्यमा पर्न असफल भइन् । उनी आगामी ४ वर्ष कांग्रेस केन्द्रीय समिति बाहिर रहने छिन् ।

यो अर्को समाचार, कांग्रेस महाधिवेशन : मुस्लिमको मत परिणाम सार्वजनिक, को-को भए विजयी ?

काठमाडौं / नेपाली कांग्रेस केन्द्रीय सदस्य मुस्लिम खुला तथा महिला पदको मतपरिणाम सार्वजनिक भएको छ ।

पार्टीको १४औँ महाधिवेशनको मङ्सिर २७ गते भएको मतदानको आज सार्वजनिक मतपरिणामअनुसार मुस्लिम खुलातर्फ अब्दुल रज्जाक (२,३९०) र अब्दुल सतार (२,२२८) मत ल्याएर विजयी भएका छन् ।

अकिल मिया (१,५९९), मोहम्मद इर्शाद अन्सारी (१,४२१), अब्दुल रहिम (२९९), मोख्तार अहमद (२१८), हसन अन्सारी (४०१), मोहमद निजामुद्दिन (१७९), मोहम्मद नसिर सिद्धिकी (१२३) र सलाउ द्दिन मिया (१६८) मत प्राप्त गरेकाे केन्द्रीय निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेले जानकारी दिए।

केन्द्रीय सदस्य मुस्लिम महिलामा जावेदा खातुन जागा (१,९००) मत ल्याई विजयी भएकी छन् । सो प्रति’स्पर्धामा जमिला मिया (१,४४१), गोमा अन्सारी (४७८), जमिला खातुन (३३८), यासीवा रहमान (२०३) र सनम बेगम (१४६) ले मत प्राप्त गरेका छन् ।

४९२ पटक हेरिएको

तपाईको प्रतिक्रिया