शुक्रबार १९ जेठ २०८०

काठमाडौं, पुस ५ / संयुक्त राज्य अमेरिकाले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) कम्प्याक्ट सम्झौ’ता नेपालको संसदबाट आगामी तीन महिनाभित्र पनि अनुमोदन नभ’ए फि’र्ता लैजाने भएको छ ।

ऊ’र्जा र सडक पूर्वाधार निर्माणका लागि अमेरिकाले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) कम्प्याक्ट सम्झौ’ता गरेको चार वर्ष पूरा भइसक्दा पनि दलहरूबीच मत’भेद हुँदा संसदबाट पास हुन सकेको छै’न ।

अमेरिकाले सडक पूर्वाधार र ऊर्जाअन्तर्गत प्रसारण लाइन निर्माणका लागि ५० करोड अमेरिकी डलर दिने स’म्झौता गरेको थियो । एमसीसी अनुमोदनका लागि अमेरिकाले नेपालसँग पटकपटक आ’ग्रह गरिसकेको छ ।

इन्डो प्यासेफिक रणनीतिअन्तर्गत एमसीसी अनुमोदनका लागि गत सेप्टेम्बरमा एमसीसी उपाध्यक्ष फातिमा जी सुमार र नोभेम्बरमा अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले प्रधानमन्त्री शेरबहादुर देउवासहित सत्तापक्षीय दल र प्रमुख प्रति’पक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरिसकेका छन् । भेट गरेका नेताहरू अधिकांशबाट समान खालको धारणा आएपछि अमेरिकी प्रतिनिधिमण्डल विश्वस्त भएर फ’र्केका थिए ।

गत महिना मात्रै नेपाल आएका अमेरिकी सहायक विदेशमन्त्री लुले नेपालका प्रमुख राजनीतिक दलहरूलाई २८ मंसिरसम्म एमसीसी अनुमोदन गर्न उपयुक्त हुने सु’झाव दिएका थिए । २८ मंसिर अर्थात् १४ डिसेम्बरका दिन अमेरिकाले एमसीसी बोर्ड बैठक डा’केको थियो ।

जसको ४ नम्बर एजेन्डामा नेपालको एमसीसी कम्प्याक्टको विषय राखिएको थियो । एमसीसी बोर्ड बैठककै दिन पारेर नेपालमा संसद् आ’ह्वान भए पनि २८ मंसिरमा एमसीसीलगायतको विषय एजे’न्डामा रा’खिएन । बरु एक दिन संसद् बैठक बसेर सात दिनका लागि बैठक स्थगित भयो ।

पछिल्लो समय प्रधानमन्त्री शेरबहादुर देउवा र सत्तापक्ष दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले संयुक्त रूपमा एमसीसीलाई पत्र लेखेर अनुमोदन गर्ने प्रति’बद्धता जनाएको कुरा प्रधानमन्त्री स्वयंले सार्वजनिक गरिसकेका छन् ।

सो कुरा १४ डिसेम्बरमा अमेरिकाको वासिंटन डिसीमा भएको एमसीसी बोर्ड बैठकले नेपाल सरकारले एमसीसी कम्प्याक्ट चाँडै अनुमोदन गर्ने भनी जनाएको प्रति’बद्धतालाई जानकारीमा लिएको छ भनी गत बुधबार विज्ञप्तिमार्फत उल्लेख गरिएको छ । राज’धानी दै’नि क बा’ट ।

६०५ पटक हेरिएको

तपाईको प्रतिक्रिया