
काठमाडौं / नेकपा (एमाले)ले नेकपा (एकीकृत समाजवादी) पार्टीलाई बोलाएको कुनैपनि बैठकमा नजाने भन्दै सर्वदलिय बैठकमा पनि नजाने निर्णय गरेको छ ।
संसदमा प्रमुख प्रति’पक्षी दलसमेत रहेको एमालेले आजको सर्वदलिय बैठकमा सहभागी नहुने भएको हो । प्रधानमन्त्री शेरबहादुर देउवाले आजका लागि सर्वदलिय बैठक बोलाउनु भएको छ । तर एमालेले भने माधव नेपाल सहभागी भएको बैठकमा नजाने बताइसकेको छ ।
उक्त सम्बन्धमा एमाले महासचिव शंकर पोखरेलले भनेका छन्, ‘एमालेले मान्यता नदिएका दलहरू उपस्थित हुने बैठकमा हामी सहभागी हुँदैनौँ । सर्वदलीय बैठकमा को–को उपस्थित हुन्छन् भन्ने कुराले हामी उपस्थित हुने र नहुने भन्ने भर पर्छ । हामीले मान्यता नदि’एका नगरेकाहरूलाई बोलाए त हामी कसरी उपस्थित हुने ?’
सरकारले एमसीसी बारे साझा धारणा बनाउन सर्वदलिय बैठक आह्वान गरेको हो । एमालेको अव’रोधका कारण संसदसमेत चल्न सकेको छै’न ।
राष्ट्रपति विद्यादेवी भण्डारीले यही पुष ६ गतेका लागि संसद बैठक आ’ह्वान गर्नुभएको छ । एमालेले यसअघिको सर्वदलिय बैठकमा पनि सहभागीता जनाएको थि’एन ।
यो अर्को समाचार : कांग्रेस निर्वाचनः पदाधिकारीमा देउवाको बहुमत
काठमाडौं / नेपाली कांग्रेसको १४औं महाधिवेशनबाट पदाधिकारीमा मिश्रित नतिजा आए पनि सभापति शेरबहादुर देउवा बहुमतमा रहेका छन् । सभापतिसहित १४ पदाधिकारी रहने कांग्रेस केन्द्रीय समितिमा कोषाध्यक्षबाहेक सबै निर्वाचित हुनुपर्छ ।
एक सभापति, दुई उपसभापति, दुई महामन्त्री र आठ सहमहामन्त्रीका लागि भएको निर्वाचनमा एक उपसभापति र छ जना सहमहामन्त्री देउवा समूहका निर्वाचित भएका छन् ।
१४औं महाधिवेशनमा प्यानलसहित चुनावमा गएका सभापति देउवाले कोषाध्यक्ष आफ्नै समूहको मनोनित गर्ने निश्चित भएसँगै पदाधिकारीमा सभापति देउवासहित ९ जना हुने देखिएको छ । कांग्रेस केन्द्रीय समितिमा सभापतिइतर पक्षका पाँच जनामात्र पदाधिकारीमा निर्वाचित भएका छन् ।
देउवाइतर समूहबाट पदाधिकारीमा निर्वाचित हुने नेताहरूमा उपसभापति धनराज गुरुङ, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा, सहमहामन्त्रीमा जीवन परियार र बद्री पाण्डे हुन् । परियारले द’लि त कोटाबाट र पाण्डेले पिछ’डिएको क्षेत्र कोटाबाट सहमहामन्त्री जितेका हुन् ।
महामन्त्री शर्मा प्रकाशमान सिंह प्यानलबाट महाधिवेशनमा चुनाव ल’डेका थिए भने अन्य डा शेखर कोइरालाको प्यानलबाट चुनाव ल’डेका थिए । कांग्रेसभित्र सभापतिपछि शक्ति’शाली पदका रूपमा लिइने महामन्त्री दुवै फरक प्यानलबाट आएपछि देउवाको बहुमत भए पनि पदाधिकारीमा निर्णय गराउन देउवालाई स’क स देखिएको छ । नेपाल समा’चारपत्र दैनि’कबाट ।