
काठमाडौं / अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) अनु’मोदन गर्न नेपाल सरकारले प्रति’बद्धता व्यक्त गरेको एमसीसी बोर्ड बैठकले जनाएको छ ।
१४ डिसेम्बर (२८ मंसिर)को एमसीसी बोर्ड बैठकपछि अमेरिकाको वासिंटन डिसीबाट बुधबार जारी विज्ञप्तिअनुसार एमसीसीअन्तर्गतको ५० करोड अमेरिकी डलर अनुदान सहयोग अनु’मोदन हुनेमा विश्व’स्त रहेको जनाएको छ ।
एमसीसी परियोजनाअन्तर्गत विद्युत् प्रसारण लाइन र सडक पूर्वाधारका लागि प्रति’बद्धता जनाइएको आर्थिक सहायता’bout समी’क्षा गरिएको उल्लेख छ ।
बोर्ड बैठकमा नेपाल कम्प्याक्ट अनुदानको समी’क्षात्मक छल’फल भएको जनाइएको छ । नेपालमा एमसीसी अनु’मोदन हुने कि नहुने भन्ने अन्यो’लता भइरहेका बेला एमसीसी बोर्ड सकारात्मक देखिएको हो ।
बोर्ड बैठकको वार्षिक समीक्षामा एमसीसी छनोट भएका विभिन्न देशको नीतिगत कार्यसम्पादनको विषयमा छलफल भएको जनाएको छ । जसमध्ये नेपाललाई दिएको एमसीसी अनुदानको काम प्रगतिको विषयमा छलफल भएको जनाएको छ ।
एमसीसी बोर्ड नेपाललाई दिएको अनुदान अनु’मोदन हुने नि’श्चित भएको सन्देश दिइरहँदा यता नेपालका प्रधानमन्त्री शेरबहादुर देउवाले सर्वदलीय बैठक राखेर एमसीसी अनु’मोदनका लागि पहल गर्ने तयारी थालेका छन् । यो ख’बर आजको राजधानी दैनि’कमा छापि’एको छ ।