आइतबार २१ जेठ २०८०

काठमाडौं / नेपाली कांग्रेसको महामन्त्रीमा परा’जित भएपछि डा.मिनेन्द्र रिजालले रक्षामन्त्रीबाट राजीनामा दिएका छन् । रक्षामन्त्री रिजालले विहीबार (आज) प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार प्रधानमन्त्री शेरबहादुर देउवालाई पुगेर राजीनामा बुझाएका हुन् ।

प्रधानमन्त्री देउवाले गत असोज २२ गते रिजाललाई रक्षामन्त्रीमा नियुक्त गरेका थिए । प्रारम्भिक मत परिणाम आएलगतै नैतिकताका आधारमा रक्षामन्त्रीबाट राजीनामाको घोषणा गरेका थिए ।

रिजाल नेपाली कांग्रेसको महाधिवेशनमा डा. शेखर कोइरालाको प्यानलबाट महामन्त्री पदमा चुनाव लडेका थिए । उनले ८०९ मत प्राप्त गरेका छन् । केही समय अगाडि मात्रै महामन्त्रीमा गगन थापाले ३ हजार २३ मत र विश्वप्रकाश शर्माले १९ सय ८४ मत प्राप्त गरी महामन्त्रीमा निर्वाचित भएका छन् ।

यो पनि पढ्नु’होस् :- कांग्रेस महामन्त्रीमा थापा र शर्मा निर्वाचित :

काठमाडौं । नेपाली कांग्रेसको महामन्त्रीमा गगन कुमार थापा र विश्व प्रकाश शर्मा निर्वाचित भएका छन् । निर्वाचन समितिका अनुसार ख’सेको कुल ४ हजार ६८२ मतमध्ये सबै भन्दा बढी गगन थापाले ३ हजार २३ मत प्राप्त गरी विजयी भएका हुन् ।

त्यस्तै विश्वप्रकाश शर्माले १९ सय ८४ मत प्राप्त गरी महामन्त्रीमा निर्वाचित भएका हुन् । शेखर कोइराला प्यानलबाट गगन थापा र प्रकाशमान सिंह प्यानलबाट विश्वप्रकाश शर्मा महामन्त्रीमा विजयी भएका हुन् ।

यसका साथै महामन्त्रीका उम्मेदवार प्रकाशशरण महतले १५ सय ५०, प्रदीप पौडेलले १४ सय ९, डा. मिनेन्द्र रिजालले ८०९ मत र राजाराम कार्कीले १०७ मत प्राप्त गरेका निर्वाचन समितिले जनाएको छ ।

गगन थापाले भने मतगणनाको सुरुवाती चरणदेखि नै अग्रता लिएका थिए, भने शर्मा र प्रकाशशरण महतबीच क’डा प्रति’ष्पर्धा भएको थियो । कांग्रेस विधानमा महाधिवेशनबाट दुईजना महामन्त्री निर्वाचित हुने व्यवस्था छ ।

यसअघि सभापतिमा शेरबहादुर देउवा र उपसभापतिमा पूर्णबहादुर खड्का र धनराज गुरुङ निर्वाचित भइसकेका छन् । न्यु’ज 24 ने’पा ल बा’ट ।

११४५ पटक हेरिएको

तपाईको प्रतिक्रिया