
काठमाडौं / नेपाली कांग्रेसको महामन्त्री पदमा गगन थापाले अग्रता लिएका छन् । १४औँ महाधिवेशनअन्तर्गत दुई महामन्त्रीका लागि भएको निर्वाचनको जारी मतगणनामा थापाले अग्रता लिएका हुन् ।
५०० मत गन्दा थापा पहिलो नम्बरमा छन् । उनले ३३५ मत पाएका छन् । दोस्रो नम्बरमा भने दुई जनाबीच ती’व्र प्रति’ष्पर्धा भइरहेको छ । प्रदीप पौडेलले १७७ मत पाएका छन् भने विश्वप्रकाश शर्मा १८५ मत पाएका छन् । प्रकाशशरण महतले १६३ मत पाउँदा मीनेन्द्र रिजालले ८६ मत पाएका छन् ।
महत र पौडेल सभापति शेरबहादुर देउवा प्यानलबाट उम्मेदवार बनेका हुन् भने मीनेन्द्र र गगन शेखर कोइराला प्यानलबाट उठेका हुन् । विश्वप्रकाश शर्माले भने प्रकाशमान सिंह समूहबाट उठेका हुन् ।
यो पनि पढ्नु’होस्, अब पार्टी भाग’बण्डामा चल्न दि’इन्न : उपसभापति गुरुङ
काठमाडौं / नेपाली कांग्रेसका नव निर्वाचित उपसभापति धनराज गुरुङले आफ्नो जितलाई कांग्रेसभित्रको रुपान्तरण प्रक्रियाको रुपमा लिएको बताएका छन् ।
जितपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले आफूले अग्रजसँग प्रति’ष्पर्धा गरेको हुँदा अग्रजप्रति सम्मान गर्दै युवाप्रति जिम्मेवारी आएको महसुस गरेको बताए ।
१४ औं महाधिवेशनबाट मिश्रित परिणाम आएको हुँदा यसले पार्टीलाई एक बनाउने र अन्य पदमा पनि परिणाम मिश्रित नै आउने उनको विश्वास छ । अब कांग्रेस पुराना नेतृत्वको अनुभव र नयाँको ऊ’र्जाले चलाउने समय आएको उनको भनाइ छ ।
अब नेपाली कांग्रेस विगतमा जस्तो ४०-६० को भागबण्डामा नच’ल्ने समेत उनले दा’बी गरे । उनले भने, ‘यो मेरो भनाइ मात्र होइन, हामीले भन्दै आइरहेका छौं । पार्टीमा भाग’बण्डाको हिसाब हुन दिने छै’नौं ।’