
काठमाडौं, पुस १/ पहिले देखि नै सक्रिय राजनीतिमा लागेका सामुदायिक विद्यालयका शिक्षकहरूले हाल आएर धमाधम राजीनामा दिन थालेका छन् ।
निर्वाचन आयोग तथा सर्वो’च्च र पाटन उ’च्च अदा’लतको आ’देश, शिक्षा निकायको निर्दे’शन एवं सर्वसाधारणबाट समेत विरो’धका कारण सक्रिय राजनीति नै छनोट गर्ने शिक्षकहरूमा नैतिक द’बाब बढेको हो । फलतः पछिल्लो दुई सातामा साढे तीन सयभन्दा बढी शिक्षकले राजीनामा दिएका छन् । धेरैजसो शिक्षकको राजीनामा राजनीतिमै लाग्नका लागि रहेको पाइएको छ ।
राष्ट्रिय किताबखानाका महानिर्देशक रामराज खकुरेलले राजीनामा सना’खतका क्रममा कतिपय शिक्षकले केही समयपछि स्थानीय तहको निर्वाचन हुने भएकाले त्यसमा उम्मेदवारी दिन अहिलेदेखि नै तयारी गर्न राजीनामा दिएको पनि बताए ।
“राजनीतिक दलको महाधिवेशन प्रतिनिधि बनेका वा विभिन्न पदमा उम्मेदवारी दिएका कतिपय शिक्षकले सेवाबाट राजीनामा दिएर इमानदारी देखाए । उनीहरूले सक्रिय राजनीति नै रोजेका छन् ।” उनले भने ।
बितेको दुई सातामा निवृत्तिभरणका लागि ३६७ जना, उपदानका लागि २५ जना र प्राविधिक ग्रेड कायम गर्न ७७ जना गरी ५०७ जना शिक्षकले आवेदन दिएका छन् । राजीनामा गर्न चाहने शिक्षकको भीड ह्वात्तै बढेपछि किताबखानामा कामको चा’प बढेको आजको गोरखा’पत्र दैनि’कमा खवर छ ।