
काठमाडौँ / एमालेभित्र १०औं महाधिवेशनपछि पूर्वमाओवादीलाई महत्व दिइएको छ । पार्टी नेतृत्वले सुरुदेखि नै एमाले भई काम गर्दै आएकालाई भन्दा माओवादी छा’डेर आएका नेताहरूलाई महत्वका साथ जिम्मेवारी दिएको छ ।
वरीयताक्रम,कार्यविभाजन र केन्द्रीय सदस्य मनोनयनमा पूर्वमाओवादीलाई महत्व र जिम्मेवारी दिन कुनै कन्जु’स्याइँ गरिएको छैन । एमाले छा’डेर माओवादीमा गएका र फेरि एमालेमै आएका नेताहरूलाई पनि पार्टी अध्यक्ष केपी शर्मा ओलीले महत्व दिएका छन् ।
अध्यक्ष ओलीले नवौं महाधिवेशनमा आफूलाई अस’हयोग गर्ने र दसाैँ महाधिवेशनमा बखे’डा निकाल्ने नेतालाई भन्दा चुपचाप बस्ने पूर्वमाओवादी नेतालाई पार्टी जिम्मेवारीमा उपल्लो स्थानमा राखेका छन् । ओलीको यस्तो कदमबाट एमालेका पुराना नेता तथा कार्यकर्ताहरु अस’न्तुष्ट बनेका छन् ।
ओलीले पार्टी उपाध्यक्षहरू विष्णु पौडेल,सुवास नेम्वाङ,सुरेन्द्र पाण्डेभन्दा माओवादीबाट आएका रामबहादुर थापालाई वरीयतामा माथि राखेका छन्। थापाले ओली प्रधानमन्त्री हुँदा उनको सरकारमा बसेर सहयोग गरेका थिए । याे ख’बर आ’जको नागरिक दैनि’कमा छापि’एको छ ।