
काठमाडौं, २९ मंसिर / आज एक अमेरिकी डलरको खरिददर १२१ रुपैयाँ ९ पैसा र विक्रि दर १२१ रुपैयाँ ६९ पैसा रहेको छ । नेपाल राष्ट्र बैंकको अनुसार आज युरोपियन युरो एकको खरिददर १३६ रुपैयाँ ८७ पैसा र विक्रिदर १३७ रुपैयाँ ५५ पैसा रहेको छ ।
यसैगरी, एक अष्ट्रेलियन डलरको खरिददर ८६ रुपैयाँ १९ पैसा र बिक्रिदर ८६ रुपैयाँ ६१ पैसा रहेको बैंकले जनाएको छ ।
यो पनि पढ्नु’होस, सुनको मूल्यमा गिरा’वट :
काठमाडौं / सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ९२ हजार ३०० तो’किएको छ । अधिल्लो दिन प्रतितोला रु ९२ हजार ८०० मा कारोबार भएको पहेँलो धातु सुनको मूल्य प्रतितोला आज रु ५००ले घ’टेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्व’जनिक गरेको विवरणानुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला रु ९१ हजार ८०० छ जसको मूल्य मङ्गलबार प्रतितोला रु ९२ हजार ३०० तोकिएको थियो ।
आज चाँदी अघिल्लो कारोबार मूल्यका तुलनामा स्थिर रहेको महासङ्घले जनाएको छ । चाँदी मङ्गलबार प्रतितोला रु एक हजार २१० मा कारोबार भएको थियो । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ७७० डलर आसपास कारोबार भइरहेको छ ।