बुधबार २४ जेठ २०८०

काठमाडाैं / प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पार्टीको १४औँ महाधिवेशनबाट सभापति पदमा पुनः निर्वाचित हुनुभएको छ । सभापतिका लागि मङ्गलबार भएको पुनः मतदानबाट उहाँ विजयी हुनुभएको हो । देउवा दोस्रो कार्यकालका लागि सभापतिमा विजयी हुनुभएको हो ।

सभापति देउवा प्रति’स्पर्धी डा शेखर कोइरालालाई ८७८ मतान्तरले प’राजित गर्दै विजयी हुनुभएको हो । मङ्गलबार रा’ति सम्पन्न मतगणनामा जम्मा ख’सेको मत ४ हजार ६२३ मा देउवाले २ हजार ७३३ मत प्राप्त गर्नुभएको थियो भने डा कोइरालाले १ हजार ८५५ मत प्राप्त गर्नुभएको पार्टीको केन्द्रीय निर्वाचन समितिले जनाएको छ । जम्मा ३५ मत ब’दर भएको थियो ।

दिउँसो ३ः३० बजेदेखि सुरु भएको मतदान रा’ति ९ बजे सम्पन्न भएको थियो । मतदानमा कुल चार हजार ७४३ मतदातामध्ये चार हजार ५७४ ले मतदान गरेका थिए । सोमबार भएको निर्वाचनमा सभापति पदका पाँच जना प्रत्या’सी कसैले पनि ५० प्रतिशत भन्दा बढी मत ल्याउन नस’केपछि पार्टी विधा’नअनुसार सबैभन्दा बढी मत ल्याउने प्रधानमन्त्री एवं वर्तमान पार्टी सभापति देउवा र नेता डा शेखर कोइरालाबीच मङ्गलबार पुनः मतदान भएको हो ।

सोमबार भएको मतदानमा प्रधानमन्त्री एवं वर्तमान सभापति देउवाले दुई हजार २५८ र उहाँका निकटतम प्रति’द्वन्द्वी पार्टीका केन्द्रीय सदस्य डा कोइरालाले एक हजार ७०२ मत प्राप्त गर्नुभएको थियो । सभापतिका अन्य प्र’त्यासी पूर्व महामन्त्री प्रकाशमान सिंहले ३७१, उपसभापति विमलेन्द्र निधिले २५०, र केन्द्रीय सदस्य कल्याण गुरूङले २२ मत प्राप्त गर्नुभएको थियो ।

कांग्रेस विधान’अनुसार सभापतिमा निर्वाचित हुन ख’सेको मतको ५० प्रतिशतभन्दा बढी मत प्राप्त गर्नु अनि’वार्य हुन्छ । पहिलो पटक कुनै पनि उम्मे’दवारले ५० प्रतिशत भन्दा बढी मत नल्या’एमा सबैभन्दा बढी मत ल्याउने दुई जनाबीच पुनः मतदान गर्ने विधा’नको व्य’वस्था छ । पुनः मतदान हुँदा बढी मत प्राप्त गर्ने उम्मेद’वार विजयी हुने व्यवस्था छ । फा’इ ल तस्वीर ।

६६३ पटक हेरिएको

तपाईको प्रतिक्रिया