
काठमाडौँ / नेकपा एमालेको दोस्रो केन्द्रीय कमिटी बैठकबाट आफ्नालाई काखा र अरूलाई पा’खा लगाउने काम भएको छ । कमिटीको बैठकबाट वरीयताक्रम निर्धारण, स्थायी कमिटी, पोलिटब्युरो गठन तथा १० प्रतिशत केन्द्रीय सदस्य मनोनयन प्रकृयामा पार्टी अध्यक्ष केपी शर्मा ओलीले विगतमा आफूलाई साथ दिनेलाई का’खी च्या’पेका छन् ।
पार्टीमा शक्ति’शाली अध्यक्षको हैसि’यतबाट केन्द्रीय कमिटीको बैठकमा पेस गरेका नामहरूले ओलीले विगतमा आफूलाई साथ दिने नेताहरूलाई च्या’पेको पुष्टि भएको छ । उनले केन्द्रीय सदस्यको मनोनयन तथा स्थायी कमिटी गठन र पोलिटब्युरो गठनमा विगतको जिम्मेवारीलाई समेत ध्यान नदि’ई नेताहरूलाई जिम्मेवारी दिइएको छ ।
भक्तपुरमा जारी केन्द्रीय कमिटी बैठकमा अध्यक्ष ओलीले ८० जना पोलिटब्युरो सदस्य प्र’स्ताव गरेका थिए । एमालेको विधानमा ९९ सदस्यीय पोलिटब्युरो रहने व्यवस्था छ । अध्यक्ष ओलीसहित १९ जना पदाधिकारी स्वतः पोलिटब्युरोमा रहने भएकाले ८० जना प्र’स्ताव गरेका हुन् ।
नेकपा एमालेको जारी केन्द्रीय कमिटी बैठकले १९ जना पदाधिकारीको मर्यादाक्रम तोकिएको छ । जसमा अध्यक्ष ओली पहिलो र सचिव पद्मा अर्याल १९ औं नम्बरमा परेका छन्। उपाध्यक्षमा युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्यपछि ओलीले रामबहादुर थापालाई तेस्रो मर्यादाक्रममा राखेका छन् ।
त्यसपछि विष्णु पौडेल, सुवास नेम्वाङ र सुरेन्द्र पाण्डेको मर्यादाक्रम तोकेका छन् । सचिवको माथिल्लो वरीयतामा टोपबहादुर रायमाझीलाई राखिएको छ । उनीपछि लेखराज भट्टको मर्यादाक्रम तोकिएको छ । यो ख’बर आ’जको नागरिक दैनि’कमा छा’पिएको छ । फाईल’तस्बिर ।