शुक्रबार २२ मंसिर २०८०

काठमाडौं / काठमाडौंको राष्ट्रियसभा गृह चारतारे र रुख अंकित झण्डाले सजिएको छ । झण्डामुनि कांग्रेस निर्वाचन समितिका सदस्यहरू उम्मे’दवारी द’र्ताका लागि लहरै बसेका छन् ।

त्यही लहरमा हातमा १० हजार रुपैयाँ बोकेर नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा खुला केन्द्रीय सदस्य पदका लागि उम्मे’दवारी द’र्ता गर्दै गरेकी भेटिइन्, पर्साकी ९१ वर्षीया शान्ति कार्की ।

कार्की त्यस्ती प्रतिनिधि हुन्, जुन तराईबाट प्रतिनिधित्व गर्छिन् । तर, उम्मेदवारी भने महिला तर्फको खुला केन्द्रीय सदस्य पदमा उम्मे’दवारी दिइन् ।

महाधिवेशन प्रतिनिधिमध्ये सम्भ’वतः सबैभन्दा जेठी कार्कीलाई अझै कांग्रेसलाई जनताको पा’र्टी बनाउने र’हर छ । त्यसैले भन्छिन्, ‘कांग्रेसलाई ना’तावाद, कृ’पावादबाट माथि उठाउने र पा’र्टीलाई केन्द्री’यकरण मात्र गर्ने प्रवृत्ति’विरुद्ध मेरो उम्मे’दवारी हो ।’

वयोवृद्ध भएर पनि कांग्रेसको नेतृत्वमा युवापुस्ताको हस्त’क्षेप हुनैपर्ने बताउने उनी आफ्नो उम्मे’दवारी यसैका लागि भएको बताउँछिन् । वृद्ध उमेरमा पनि युवाजोशका साथ महाधिवेशनस्थलमा म’त मा’ग्दै हिँडेकी उनले अहिलेसम्म कसैको प्यानलमा नला’गेको बताएकी छन् ।

महिला संघको केन्द्रीय सदस्यसमेत भइसकेकी उनी पटक पटक महाधिवेशन प्रतिनिधि भइसकेकी छन् । केन्द्रीय कमिटीमा भने यो उनको दोस्रो उम्मे’दवारी हो ।

२२ वर्ष अघि पनि केद्रीय सदस्यमा परा’जित भएको बताउने उनी यसपटक भने महाधिवेशन प्रतिनिधिले जिता’उनेमा विश्वस्त छिन् । राजनी’तिक आन्दो’लनका क्रममा आफू १५ वर्ष जे’ल जीवन बिता’एको बताउने उनी अवि’वाहित रहेको जानकारी दिइन् । – न्यु’ज कार’खाना ।

१११५ पटक हेरिएको

तपाईको प्रतिक्रिया