
काठमाडौं, २५ मंसिर / नेपाली काँग्रेसको १४औं महाधिवेशनमा रात’भर ठूलै चल’खेल भएको छ । सभापतिका आकां’क्षीहरुले टिम बनाउन गरेको गृहकार्यले पछिल्लो पुस्ताका नेताहरुको कित्ता परिवर्तन भएको बुझिएको छ ।
विश्वस्त स्रोतका अनुसार सभापति शेरबहादुर देउवा र पूर्वमहामन्त्री प्रकाशमान सिंह केन्द्रीय सदस्य डा. शेखर कोइरालाले टिम बनाउन गरेको गृहकार्यका क्रममा कित्ता परिवर्तनहरु भएका छन् ।
देउवा प्यानलमा पदाधिकारीका आकां’क्षीले अवसर नपा’उने भएपछि सिंह र कोइरालाको टिममा स्थान बनाएको बुझिएको छ । कोइराला प्यानलमा पदाधिकारी नपाउने भएपछि उनीसँग निकटहरुले पनि कित्ता परिवर्तन गरेका छन् ।
रात’भर ठूलै चल’खेल भएपछि काँग्रेसको राजनीतिमा नयाँ घ’टना विकास भएको छ । सभापति देउवाले पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलासँग राजनीतिक ले’नदेन गरेको बुझिएको छ ।
उनको प्यानलबाट प्रदीप पौडेलले महामन्त्रीमा स्थान पक्का गरेका छन् । तर, पौडेल पसेपछि महामन्त्रीका अन्य आकां’क्षी रु’ष्ट भएका छन् । उनीहरु कित्ता परिवर्तनका लागि ठिक्क परेको बुझिएको छ ।
दिनभर मनो’नयन द’र्ताका क्रममा धेरै नेताहरुको कित्ता परिवर्तन हुने देखिएको छ । सभापतिमा देउवा नै संस्थापन पक्षबाट उम्मेदवार हुने भएपनि पदाधिकारीमा आकां’क्षी धेरै छन् । यसले देउवा अप्ठ्या’रोमा छन् । – रिपो’र्टर्स नेपाल बा’ट ।