शुक्रबार १९ जेठ २०८०

नेपालगञ्ज / खाद्य व्यवस्था तथा व्यापार कम्पनीले धान खरिदका लागि किसानसँग कृषि ज्ञान केन्द्र, नेपालगञ्जको सिफारिस मा’ग गरेको छ । सिफारिस लिन केन्द्रमा पुगेका किसानले समयमै सिफा’रिस पत्र नपा’उँदा केन्द्रमा तोड’फोडसमेत गरेका छन् ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी नेपालगञ्जका प्रमुख रामबहादुर विष्टले यस वर्ष किसान पहि’चान गराएर मात्रै धान खरिद गर्ने निर्णय गरिएको जानकारी दिँदै त्यसका लागि कृषि ज्ञान केन्द्रबाट सिफा’रिस ल्याउनुपर्ने व्य’वस्था गरिएको बताउनुभयो ।

गत वर्षको भन्दा आधाजति मात्रै धान खरिद गर्ने निर्दे’शन प्राप्त भएको र धान बिक्री गर्ने किसान धेरै भएकाले सिफा’रिसका लागि तँछाड’मछाड भएको प्रमुख विष्टले बताउनुभयो ।

स्थानीय व्यापारीले सरकारले तो’केको समर्थन मूल्यभन्दा कममा मात्रै धान खरिद गर्ने भएकाले किसान कम्पनीलाई नै धान बेच्न चाहन्छन् । कम्पनीले बाँकेका किसानबाट यस वर्ष २५ हजार क्विन्टल मात्रै खरिद गर्ने भएपछि आफ्नो पालो सुनि’श्चित गर्न एकै पटक सयौँ किसान कृषि ज्ञान केन्द्र पुगेको प्रह’रीले जनाएको छ । याे ख’बर गाेरखा’पत्र दैनि’कमा छ ।

यो पनि पढ्नु’होस् :- विप’न्नलाई न्यानो कपडा वितरण अभियान

पर्वत / चिसो मौसमबाट प्रभा’वित परिवारलाई मध्यनजर गर्दै पर्वतमा न्यानो कपडा वितरण अभियान थालिएको छ । जिल्लामा सामाजिक सेवामा सक्रिय लायन्स क्लब अफ पर्वत गुप्तेश्वर र नमूना स्काउट ट्रपको संयुक्त आयोजनामा न्यानो कपडा वितरण गर्न थालिएको हो ।

शुक्रबारदेखि बजारका उद्योगी, व्यवसायी तथा अन्य बासिन्दासँग पुराना र सफा कपडा सङ्कलन गर्ने र विपन्न तथा अस’हाय नागरिकलाई वितरण गर्ने अभियान थालिएको लायन्स क्लब अफ पर्वत गुप्तेश्वरका अध्यक्ष अर्जुन पौडेल निर्जनले बताउनुभयो ।

शुक्रबार पहिलो दिन झण्डै चार बोरा कपडा सङ्कलन गरिएको छ । सिरक, डसना, स्वीटर, ब्लाङ्केट, टाउजर, ट्रयाकसुट, जुत्ता, मोजालगायत लगाउने र ओढ्ने ओछ्याउने कपडासमेत सङ्कलन गरिएको छ । सङ्कलित कपडा आज सदरमुकामको मैत्रीचोकस्थित मेघा बैंक नजिकैबाट वितरण गरिने भएको छ ।

जो आफैँ किनेर न्यानो लुगा लगाउन र न्यानो ओछ्यानमा सु’त्न सक्दै’नन् उनीहरुका लागि यो अभियानले ठूलो सहयोग पुग्ने कुश्मा नगरपालिका–७ का अध्यक्ष सुवासचन्द्र पौडेलले बताउनुभयो ।

यो अभियानमा उक्त वडाको पनि सहकार्य रहेको छ । जाडो महिना सुरु भएपछि वि’पन्न, द’लि त, र मजदुरका परिवार प्रभावित हुने गरेका छन् ।

न्यानो कपडा सङ्कलन तथा वितरण अभियान जाडो यामभरि निरन्तर सञ्चालन गरिने भएको छ । पहिलो चरणमा सदरमुकाम र त्यसपछि पालिकास्तरमा पुगेर सङ्कलन तथा वितरण गरिने भएको छ ।

अभियानमा उद्योगी, व्यवसायी तथा बजारवासी सबै नागरिकहरुले स्वतःस्फूर्तरुपमा पुराना तथा सफा र पुनः प्रयोग गर्न सकिने कपडा सहयोग गरेको क्लबले जनाएको छ ।

५१९ पटक हेरिएको

तपाईको प्रतिक्रिया