बिहिबार १८ जेठ २०८०

काठमाडौं / नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले लोकतन्त्रका निम्ति शान्तिको सं’घर्ष गर्नेहरुमाथि बद’नाम गरेर ताना’शाही जन्माउने ष’ड्यन्त्र भइरहेको बताएका छन् ।

शुक्रबार नेपाली कांग्रेसको १४ औँ महाधिवेशनको उद्घाटनमा मन्तव्य प्रस्तुत गर्ने क्रममा अध्यक्ष प्रचण्ड लोकतन्त्रका निम्ति ल’ड्ने दलहरुलाई ब’द्नाम गरेर ताना’शाही ल्याउन खोजेको बताए ।

यसअघि राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले गाउँमा नेताहरु आए चो’र आयो भन्ने गरेको भन्दै देशमा राजतन्त्र पुनःस्थापना हुनुपर्ने विचार प्रस्तुत गरेका थिए ।

लिङ्देनको उक्त भनाइप्रति आ’पत्ति जनाउँदै अध्यक्ष प्रचण्डले त्यो साँचो नभई बद्ना’म गर्न खोजेर ताना’शाही जन्माउन खोजिएको बताए ।

प्रचण्डले भने, ‘अघि विचार प्रस्तुत गर्ने क्रमम यहाँ एक जना वक्ताले अहिले गाउँ घरमा नेताहरु आए भने चो’र आयो भन्छन् जनताले भनेर भन्नुभयो । तपाईहरुले सुन्नुभयो । यो साँचो हो त साथीहरु । होइन, ग’लत हो । यो केको निम्ति भनियो ।

जतिबेला लोकतान्त्रिक राजनीतिक दल र लोकतन्त्रकका निम्ति शान्तिको सं’घर्ष गर्नेहरुमाथि बद’नाम गर्न खोजिन्छ त्यहाँ ताना’शाही जन्माउने ष’ड्यन्त्र हो भनेर बुझ्न जरुरी हुन्छ । कहीँ न कहीँ ताना’शाही त्यसरी आउने गर्छ । त्यसैले स’तर्क हुन जरुरी छ ।’

अध्यक्ष प्रचण्डले देश संघीय, लोकतान्त्रिक गणतन्त्रको प्रक्रियामा अघि बढिरहेको तर, यसबीचमा खत’राहरु उसैगरी निरन्तर मडा’रिरहेको पनि बताएका छन् ।

यसैगरी भारतीय जनता पार्टीका नेताको भनाइमाथि पनि अध्यक्ष नेताले टि’प्पणी गरेका छन् । प्रचण्डले बोल्नुअघि भाजपाका नेताले एउटै मञ्चमा यति धेरै प्रधानमन्त्री एउटै मञ्चमा बसेको नदे’खेको भनेर आश्चर्य व्यक्त गरेका थिए ।

त्यस सन्दर्भमा प्रचण्डले भने, ‘भाजपाका नेताले बडो आ’श्चर्य व्यक्त गर्नुभयो– एउटै मञ्चमा यति धेरै प्रधानमन्त्री देखेको थिइन । उहाँ भर्खरै जानुभयो । तर, म उहाँलाई के सुखद समाचार सुनाउथे भने– सबै प्रधानमन्त्रीहरु एकले अर्कालाई प्रधानमन्त्री बनाएका हुन् ।

यो अनौ’ठो संस्कृती नेपालमा देखिएको छ । विचार, राजनीतिमा च’र्काे रुपमा प्रस्तुत भएका छौँ । यो पनि मैले भन्न खोजेको थियो । तर, यहाँ नभए पनि हेर्नुहुन्छ होला ।’

९०७ पटक हेरिएको

तपाईको प्रतिक्रिया