
किमाथाङ्का (संखुवासभा) / नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव नेत्रविक्रम चन्द (विप्लव)ले समाजवादको नारालाई अवलम्बन गर्ने कम्युनिष्टहरुका बीचमा अब एकता हुनु जरुरी रहेको बताएका छन् ।
बिहीबार ब’न्दी कार्यकर्ता भेटघाट गर्न सङ्खुवासभाको खाँदबारी कारा’गार आइपुगेका महासचिव चन्दले सरकार सहमति कार्यान्यवनमा उदा’सिन रहेको आरो’प लगाए । सरकारले तीन बुँदे सहमति कार्यान्वयन नगर्दा स’मस्या भएको बताए ।
तीनबुँदे सहमतिप्रति आफू पूर्ण प्रतिबद्ध रहेको बताउँदै उनले सरकारले सहमति कार्यान्वयन गर्नेमा आफू आशावादी रहेको बताए । बन्दी’गृहका नेता कार्यकर्ता रि’हा गर्न सत्तारुढ दलका प्रमुख सकारात्मक भएपनि पहल गर्न कोही अग्रसर नभएको उनको भनाइ थियो ।
सरकार र नेपाल कम्युनिस्ट पार्टीबीच गत फागुन २० गते तीन बुँदे सहमति भएको थियो । ब’न्दीको रि’हाइ र मु’द्दा खारे’जीका लागि सत्तारुढ दलका प्रमुखसँग पुनःछलफल गर्ने उनले बताए ।
नेपाली कांग्रेसमासमेत समाजवादको ब’हस सुरु भएकाले समाजवाद प’क्षका कम्यूनिष्ट पार्टी एक हुनुको विकल्प नभएको उनले बताए ।