आइतबार २१ जेठ २०८०

लमजुङ / मर्स्याङ्दी गाउँपालिका– ८ भुस्मे नजिकै ग१ज ६३१७ नम्बरको जी’प दुर्घ’टना हुँदा एक शिक्षक र दुई विद्यार्थीको घटना’स्थलमै मृ’त्यु भएको छ ।

सो जीपमा मर्स्याङ्दी –९ सिम्पानीस्थित गणेश माध्यमिक विद्यालयका शिक्षक तथा विद्यार्थी शैक्षिक भ्रमणका लागि रहेका थिए। सो दुर्घट’नामा आठ जना घा’इते भएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक जगदीश रेग्मीले बताए।

उनका अनुसार मृ’त्यु हुनेमा कपिलवस्तु बाडनिय गाउँपालिका– ८ घर भई सोही विद्यालयका शिक्षक ३८ वर्षीय कमल राना थापा, मर्स्याङ्दी –९ का सोही विद्यालयमा कक्षा ७ मा अध्ययनरत १३ छात्रा प्रर्मिसा गुरुङ, कक्षा ६ मा अध्ययनरत १२ वर्षीय गणेश भण्डारी छन्। उनीहरुको जीपमा च्या’पिँदा घटना’स्थलमै मृ’त्यु भएको प्र’हरीले जनाएको छ।

दुर्घ’टनामा चालकसहित आठ घा’इते भएका छन् । घा’इतेको स्थानीय र प्रह’रीले उ’द्धार गरी बेंसीशहर नगरपालिका– ८ स्थित जिल्ला अस्प’ताल लमजुङमा ल्याइएको छ।

घा’इतेमध्ये चालक र १४ वर्षीय विद्यार्थीलाई भने अस्पतालले रि’फर गरेर भरतपुर लैजाँदै गरेको प्रहरी निरीक्षक रेग्मीको भनाइ छ। अन्य छ जनाको भने जिल्ला अस्प’तालमै उप’चार भइरहेको छ।

घा’इते आठ जनाकै प’हिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ। उनीहरुको टा’उको, अ’नुहार, हात’खुट्टा लगायत शरीरको विभिन्न ठाउँमा चो’ट लागेको छ। तीन जीपमा शिक्षक र विद्यार्थी शैक्षिक भ्रमणका हिँडेका थि’ए ।

९९५ पटक हेरिएको

तपाईको प्रतिक्रिया