आइतबार ०७ आश्विन २०८०

काठमाडौं/ प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतको फैसला मान्ने बताएका छन्।

संसद् भवन परिसरमा सञ्चारकर्मीहरूलाई संक्षिप्त प्रतिक्रिया दिँदै उनले भने, ‘हामी सर्वोच्च अदालतको निर्णय मान्छौँ, त्यसलाई कार्यान्वयन गछौँ।’ त्यसबारे अदालतको निर्णय अध्ययन गरेर बोल्ने बताए।

संसद भवनबाट बाहिरिँदै प्रधानमन्त्री ओलीले सर्वोच्च अदालतको फैसला मान्ने तर पूर्ण पाठ हेर्न नपाएको प्रतिक्रिया दिएका थिए। नेपाल कम्युनिस्ट पार्टीको आधिकारिकता ऋषि कट्टेललाई दिएपछि प्रधानमन्त्री ओलीले यस्तो टिप्पणी गरेका छन्।

फैसला पछि प्रचण्डले पनि संचारकर्मीसंग आफ्नो प्रतिकृया दिएका छन् । प्रतिकृया दिदै ‘प्रचण्ड’ले सर्वोच्च अदालतबाट अनपेक्षित फैसला आएको टिप्पणी गरेका छन् । आइतवार संसद सचिवालयमा सञ्चारकर्मीहरूसँग बोल्दै प्रचण्डले फैसला अपेक्षा गरेभन्दा फरक आएको जस्तो लागेको बताएका हुन् ।

‘यो फैसला राम्रोसँग अध्ययन नगरी टिप्पणी गर्न बेला भएको छैन,’ प्रचण्डले भने, ‘अपेक्षा गरेभन्दा फरक आएको जस्तो लागेको छ । फैसला पूरै हेरेर मात्र टिप्पणी गर्छौं ।’

७९९ पटक हेरिएको

तपाईको प्रतिक्रिया