सोमबार ०३ माघ २०७८

काठमाडौं / पछिल्लो समय नेपाली राजनीति र नेपाली जनतामाझ राजेन्द्र लिङ्देनको नाम चर्चामा रह्यो । यसअघि पनि उनी चर्चामा नआएका भने होइनन् ।

वि.सं. २०७४ सालको निर्वाचनमा मुलुकभरमा राप्रपाबाट प्रत्यक्षतर्फ सांसद बन्ने उनी मात्रै थिए, त्यो बेला उनी चर्चामा आएका थिए । सो क्रममा उनले झापाबाट नेपाली काँग्रेसमा प्रभावसाली नेता कृष्ण प्रसाद सिटौलालाई फराकिलो मतान्तरले पराजित गरेका थिए ।

राप्रपाको यसअघिको कार्यकालमा महामन्त्री बनेका बेला बरु उनलाई त्यति धेरैले चिनेका थिएनन। राप्रपाको जारी एकता महाधिवेशनमा उनी भर्खरै अध्यक्षमा निर्वाचित भएका छन् । यसले उनको चर्चाले झनै उचाइ थपेको छ । निवर्तमान अध्यक्ष कमल थपालाई २२७ मतान्तरले पराजित गरेर राप्रपाको नेतृत्व सम्हाल्न आइपुगेका छन् लिङ्देन ।

नेपालका पार्टीहरुकाे नेतृत्वमा युवा पुस्ताको मा’ग च’र्को रुपमा उठीरहेका बेला उनले राप्रपाको अध्यक्ष पदलाई कतिको न्या’य दिन्छन् । त्यो भने हेर्न बाँकी नै छ । उनको अ’ग्नीपरीक्षा आजैबाट सुरु हुँदैछ । यद्यपि उनको विजयीलाई भने राप्रपा र गैरराप्रपाका कार्यकर्ताहरुले पनि सकारात्मक प्रतिकृया दिइरहेका छन् ।

फुटको बानी लागेको राप्रपा र अघिल्ला कार्यकालका खारिएका अग्रज नेता तथा अध्यक्षहरुलाई पनि मिलाएर लैजानु लिङ्देनको कर्तव्य बनेको छ । त्यो त छदैछ । उनले राप्रपाको ख’स्किँदो सा’खलाई जोगाउनु मात्रै होइन बढाउनु पनि उनको मुख्य जिम्मेवारी बनेको छ ।

राप्रपाको संसदमा प्रतिनिधि उनी स्वयम् एक मात्रै हुन् । उनले आगमी निर्वाचनमा राप्रपालाई धेरैभन्दा धेरै स्थानमा जित निकालेर राष्ट्रिय दलको पहिचानमा फर्काउनु छ । त्यो उनले उम्मेदवारी दिनु अघि नै भनिसकेका छन् । तर उनका लागि समय धेरै छैन । यद्यपि उनमा जाेसकाे कमी छैन ।

लिङ्देनको नालीवेली :-

२०२२ भदौ २२ गते ताप्लेजुङको ढुङ्गेसाँघुमा राजेन्द्रको जन्म भएको थियो । उनको पुर्ख्यौली घर भने पाँचथर हो । उनका बुबा प्रहरी सेवामा कार्यरत भएकाले ढुँगेसाँघु ताप्लेजुङमा उनको जन्म हुन पुग्यो ।

उनलाई तत्कालीन नेकपमा एमालेका महासचिव मदनभण्डारीसँग जन्म स्थानको हिसाबले जोडिँदै आएको छ । किनकी मदनभण्डारीकै गाउँमा उनी जन्मिएका हुन् ।

उनको जन्म ताप्लेजुङ, पुर्ख्यौली गाउँ पाँचथर भएपनि उनको कर्मभूमि भने झापा भयो । उनको राजनीतिको विजारोपण पनि झापाबाटै भएको थियो ।

उनी ताप्लेजुङमा जन्मिनु र झापाबाट राजनीति गर्नु उनको संयोगमात्रै बन्यो किनकी उनले राजावादी पार्टी राप्रपाबाट राजनीति गरे । अझ भनौँ कम्युनिष्टको त्यत्रो क्याम्प झापामा उनलाई त्यसको प्रभाव परेन ।

२०३६ सालमामा सानो उमेरबाटै राजनीतिमा होमिएका राजेन्द्र लिङ्देन झापामा विद्यार्थी कालबाटै चर्चित थिए । उनी त्यो बेला राष्ट्रवादी स्वतन्त्र विद्यार्थी मण्डलमा अबद्ध भए।

पहिलेबाटै उनका राजनीतिक नेता भने कमल थापा नै थिए । किनकी उनी राजनीतिमा प्रवेश गर्दै गर्दा राष्ट्रवादी स्वतन्त्र विद्यार्थी मण्डलको अध्यक्ष कमल थापा हुन् । पछि उनी आबद्ध विद्यार्थी संगठन विघटन भयो ।

त्यसपछि राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन बनाइएको थियो, जसको संस्थापक अध्यक्ष नै लिङ्देन बने । त्यसपछि लिङ्देन २०४९ सालको स्थानीय निर्वाचनमा झापाको गोलधापमा वडाध्यक्ष निर्वाचित भएका थिए । उनी २०५४ सालको स्थानीय निर्वाचनमा पनि वडाध्यक्षमा पुन: निर्वाचित भए ।

लिङ्देन त्यसअघि २०४७ सालमै झापा राप्रपाको पार्टी सचिव भइसकेका थिए । त्यसैकाे हैसियतमा वडाध्यक्ष निर्वाचित भए । उनी २०६० सालमा जिल्ला विकास समिति झापाको सभापतिमा समेत बनेका लिङदेन २०५६ सालको संसदीय चुनावमा झापा क्षेत्र नं ३ मा परा’जित भएका थिए । त्यो बेला उनले तेश्रो स्थानको मत पाएका थिए ।

त्यसपछि २०६६ सालमा लिङ्देन राप्रपा नेपालको केन्द्रीय सदस्य बनेका थिए । २०७० मा लिङ्देन राप्रपाको महामन्त्री बनेका थिए ।

त्यस्तै लिङदेन २०७० सालको चुनावमा दोश्रो हुँदै परा’जित हुनुपरेको थियो । त्यो बेला पनि उनी नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलासँग परा’जित भएका थिए ।

त्यसपछि उनी २०७४ को निर्वाचनमा विजयी हुँदै राप्रपाको संसदमा साख जोगाउन सफल बनेका थिए । त्यो बेला भने उनले काँग्रेसका सिटौलालाई भारी मतान्तरले पराजित गरेका थिए । उनले ४४ हजार ६१४ मत प्राप्त गरेका थिए ।

उनी आदिवासी लिम्बू जातिका भएपनि जा’तिय आरक्षणको बि’रोधी नेताका रूपमा चिनिदै आएका छन् । पढाइमा अब्बल लिङ्देनले राजनीतिशास्त्र र इतिहासमा स्नातकोत्तर गरेका छन्। – कृष्ण कन्दङवा लिम्बू / न्यु’ज 24 नेपाल बा’ट ।

१५५ पटक हेरिएको

तपाईको प्रतिक्रिया