सोमबार ०३ माघ २०७८

काठमाडौं, मंसिर १९ / राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को अध्यक्षमा कमल थापाले प’राजय भो’ग्दा उनी पक्षका अधिकांश उम्मेदबार भने अब्बल देखिएका छन् । अध्यक्षमा थापा राजेन्द्र लिङ्देनसँग परा’जित हुँदा थापा प’क्षका अधिकांश उम्मेदबार भने विजयी भएका छन् ।

केहीबेर अघि घो’षणा भएको निर्वाचनको परिणाम अनुसार थापा प’क्षका उपाध्यक्ष र महामन्त्रीमा उम्मेदवार विजयी भएका छन्। पार्टीको खुल्ला उपाध्यक्षमा विक्रम पाण्डे सर्वाधिक मत ल्याएर विजयी भएका छन्। दुवै प्यानलमा समेटिएका उनले २५२१ भोट ल्याएका छन्।

त्यस्तै, थापा प्यानलबाटै उठेका बुद्धिमान तामाङले १९४४ भोट ल्याएका छन् । हुँदा सोही प्यानलका ध्रुवबहादुर प्रधानले भने १८१४ भोट ल्याएर विजयी भएका छन् ।

महिला उपाध्यक्षमा थापा समूहकै रोशन कार्की १६८९ भोट ल्याएर विजयी भएकी छन् भने महामन्त्रीको प्रतिस्प’र्धामा लिङ्देन प’क्षका धवलशम्शेर राणाले २२२१ भोट ल्याएर विजयी भएका छन् । कमल थापा प’क्षका भुवन पाठक १८०५ भोट ल्याएर महामन्त्रीमा विजयी भए।

महिला महामन्त्रीतर्फ थापा समूहकै कुन्तीकुमारी शाहीले नायिकासमेत रहेकी रेखा थापालाई ह’राएकी छन् । शाहिले २००८ मत ल्याइन् । महिला महामन्त्रीमा लिङ्देन समूहकी रेखा थापाले १६४० मत ल्याएर परा’जित भएकी छिन् ।

९८ पटक हेरिएको

तपाईको प्रतिक्रिया